३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका यी ठाउँमा आज पाँच घण्टा बिजुली जाने




१२ चैत्र ०७७, ललितपुर । ललितपुरका विभिन्न ठाउँमा आज पाँच घण्टासम्म बिजुली जाने भएको छ ।

ललितपुरको यातायात कार्यालय, पद्मा कोलोनी, फूलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैंसेपाटी आवास, भैंसेपाटी चोक, नक्खुडोल, खोकना दोबाटोलगायतका क्षेत्रमा आज बत्ती जाने भएको हो ।

पुलचोक वितरण केन्द्रको सैबु फिडरमा पर्ने मेडिसिटी चोकदेखि फूलबारी चोकसम्मको क्षेत्रमा सडक मर्मत र अरु काम गर्नुपर्ने भएकाले बिजुलीको लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सैबु फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ देखि दिउँसो ४ बजेसम्म बत्ती जानेछ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  १० : ०२ बजे