३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारद्वारा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह




१३ चैत्र ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज शुक्रबार अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गर्नु भएको छ ।
अधिकारीले अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरेका थिए । अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भएपनि नजान आग्रह गरिएको छ ।
“घरबाहिर खुलास्थानमा नबसौ, नखेलौै, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उनले जारी गर्नु भएको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ ।
बालबिालका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।” यस्तै फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आवहन गरेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ४२ बजे