३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा लागूऔषध सेवन परीक्षण सुरु



कोटेश्वर जडिबुटी चोकमा आइतबार सवारी साधनको कागाजात जाँच गर्दै ट्राफिक प्रहरी । तस्वीर : रत्न श्रेष्ठ\रासस

१६ चैत ०७७, ललितपुर । ललितपुरमा लागु औषधको प्रयोग भए नभएको परिक्षणको सुरु गरिएको छ । फागु पूर्णिमा (होली)लाई मर्यादित एवं सुरक्षित बनाउन ललितपुर जिल्लाको १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्यारपिड टेष्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागूऔषध सेवन परीक्षणको सुरुवात गरेको महानगरिय प्ररही परिसर ललितपुरले जनकारी दिएको छ ।


प्रहरीका अनुसार होलीको दिन आइतबार लागूऔषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो । सवारी साधन जाँचको क्रममा १६ जनालाई नियन्त्रणमा लिइएको थियो भने ४ सय ३५ जनालाई ट्राफिक कारबाही गरी १ सय ६५ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : २२ बजे