३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको चपली र बलम्बुमा चोरी



स्केज : श्याम फुँयाल ©पव्लिसिङ्ग कपिराइट : ललितपुर खबर

१६ चैत ०७७, काठमाडौं । काठमाडौंको चपली र बलम्बीमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं जिल्ला बुढानीलकण्ठ नगरपालिका २ चपली चोकस्थित कुन्जो कोलनीभित्र हरिबाबु पन्तको घरको ढोका कोही नभएको अवस्थामा फोडेर दोस्रो तलामा रहेको दराजबाट ३ हजार २ सय अमेरीकी डलर र ७० हजार नेपाली रूपैयाँ गरी करिब ४ लाख ४० हजार ५ सय रूपैयाँ नगद आइतबार दिउँसो चोरी भएको छ ।
काठमाडौंकै चन्द्रागिरी नगरपालिका १२ बलम्बुस्थित पूर्ण जंग श्रेष्ठको घरबाट ४ तोला बराबरको सुनका विभिन्न गहना र नगद ३२ हजार रूपैयाँ गरी करिब ३ लाख ८२ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।
चोरीमा संलग्न फरार ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १ : ३६ बजे