३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज सोमबार फेरि बढ्यो कोरोना संक्रमण




१६ चैत ०७७,काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ४१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार १ सय २२ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय कारोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९ सय ८० पुगेको छ । पछिल्लो समय थप ८२ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ६ सय १२ रहेको छ । निको हुने दर भने ९८ दशमलब ४ प्रतिशत रहेको छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१ रहेको छ । उनीहरुमध्ये ५६ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ६४ हजार २ सय ६८ को पिसीआर परीक्षण भएको छ । तीन हजार २७ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ०५ बजे