३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बर्दियामा युवकमाथि बाघले आक्रमण गरेपछि…



१६ चैत ०७७,बर्दिया । बर्दियाको गेरुवा गाँउपालिकाका युवकलाई बाघले आक्रमण गर्दा गम्भिर घाइते भएका छन् । स्थानीय चुलाराम थारु घरदेखि ३ सय मिटर पुर्वमा पानी लगाउन जादाँ बाघले आक्रमण गरि घाइतेबनाएको हो ।
घाइते अवस्थामा फेला परेको थारुको टाउकोमा लागेको चोट ।

थारुलाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभार बर्दियामा प्रमुख नवराज केसीको टोलीले थारुलाई उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । थारुलाई उद्धार गर्ने क्रममा थारु घाइते अवस्थामा फुला पारेको र उनी बोल्न र हिड्न समेत अवस्थामा नरहेको अवस्था रहेको प्रहरुरीको भनाई छ । उनको टाउको ढाड र गर्दनमा समेत गम्भिर चोट लागेको छ ।
थारुलाई उपचारका लागि एम्बुलेन्समा नसिंङ होम नेपालगञ्ज पठाइएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : ४४ बजे