३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्चको फैसलाको पुनरवलोकन गर्न प्रचण्डको माग(पूर्णपाठसहित)



१७ चैत ०७७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत नेकपा पार्टी नै विघटन गरी पूर्ववत् एमाले र माओवादी पार्टी ब्युँताउने गरी गरिएको फैसलाको पुनरवलोकन माग गरेको छन्।

मंगलबार सर्वोच्च अदालत पुगी दर्ता गरेको पुनरवलोकन निवेदनमा प्रचण्डले अदालतसँग आठ प्रश्नको ठहर गर्न आग्रह गरेका छन्।

‘साविकको नेपाल कम्युनिष्ट पार्टी (एकिृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम विपक्षी ऋषीराम कट्टेल संयोजक रहनु भएको नेपाल कम्युनिष्ट पार्टी नाम गरेको पार्टीको नामसँग मिल्दोजुल्दो छ, छैन ?’ उनको निवेदनमा भनिएको छ, ‘प्रस्तुत विवाद केवल नामको विवाद हो वा दलको अस्तित्वको विवाद होरु दर्ता भएको कुनै दलहरुको नामको विवादमा दलको अस्तित्व नै इन्कार गर्न मिल्छ, मिल्दैन ?’

उनले दल दर्ता कायम रहने आवश्यक विषय वस्तु केवल नाम मात्र हो वा नाम बाहेकको अलग पहिचान दिने अन्य वस्तु झण्डा, चिन्ह, विधान, उद्देश्य र सिद्धान्त पनि हो ? भनी प्रश्न गरेका छन्।

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ३५ बजे