३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता



 

शेरबहादुर देउवा र पुष्पकमल दाहाल ।

। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

विघटित प्रतिनिधिसभा सर्वाेच्च अदालतले गत फागुन ११ गते पुनःस्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठनका सम्बन्धमा सर्वाेच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ५६ बजे