६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सरकारी सस्तो सामान किन्न सर्वसाधारणको भीड (तस्विरहरु)



ललितपुर खबर
२१ जेठ ०७८, काठमाडौं । सरकारले सर्वसाधारणका लागि विक्री खुला गरेको साल्ट ट्रेडिङ्ग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेशनले केही खाद्य वस्तुमा छुट दिएपछि राजधानीका विभिन्न काउण्टरमा भीड देखिएको छ । कोरोना संक्रमणको त्रासबीच स्थानीय प्रशासनले कडा निषेधाज्ञा लगाएको भए पनि यस्ता काउण्टरमा भीड भएको हो ।
शुक्रबार विहान ९ बजेसम्म थापाथलीस्थित खाद्य संस्थान खुला थियो भने कालीमाटीस्थित साल्ट टे«डिङ्ग र जावलाखेल स्थित काउण्टरमा २ बजेसम्म भीड थियो । सरकारले सर्वसाधारणका   सुविधाका लागि बुधबारबाट यी काण्उटरहरु सञ्चालन गरेको थियो । बुधबारबाट केही सामानमा २० प्रतिशत छुट सहित सामान विक्री गरेको हो ।
सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको सस्तो सामान विक्रि वितरण सुरु भएको छ । विहीबार साल्ट ट्रेडिङ लिमिटेडले २० प्रतिशत मूल्य सस्तो मूल्यसूचि सार्वजनिक गरेसँगै अव सर्वसाधारणले चिनी ६३ रुपैयाँ २० पैसा र ग्याँस १ हजार १२० रुपैयाँमा किन्न पाउनेछन् ।


भटमासको तेल रु.१८८,नून रु.१६ र रु. पिठो ४४ किन्न पाउनेछन् । ग्याँस एसटिसी कम्पनीको सिलिण्डर हुनु पर्नेछ भने सामान किन्न नागरिताको प्रतिलिपिसँगै परिवारको सदस्यको नाम भरेर बुझाउनु पर्ने नियम छ ।


यसका लागि साल्ट ट्र्डिङले परिणाम समेत तोकेको छ । जसअनुसार तेल १ लिटरमा पाइन्छ भने ग्यास १ सिलिण्डर मात्र भर्न सकिन्छ ।
नून चिनी र पिठो २ केजी मात्रै किन्न पाइन्छ । यो सुविधा निषेधाज्ञाको समयमा मात्रै उपलव्ध हुने कम्पनीले जनाएको छ ।


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनबाट खाद्य पदार्थ खरिद गर्दा बीस प्रतिशतसम्म छुट पाइने बताएका थिए ।

दुई कम्पनीले बिक्री गर्दै आएको चामल, चिनी, नुन, तेल, तथा खाना पकाउने ग्यास खरिद गर्दा यो छुट पाइनेछ । खाद्य कम्पनीको अनलाइन होम डेलिभरी तथा साल्ट ट्रेडिङ कर्पाेरेशनको मोबाइल भ्यान तथा बिक्री काउन्टरबाट खाद्य पदार्थको खरिद गर्र्दा यो छुट पाइने व्यवस्था गरिएको थियो ।


कर्पाेरेशनले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने तेल तथा खाद्य कम्पनीले चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिनेछ । छुट लिन पहिचान खुल्ने प्रमाणपत्र लिएर जानुपर्नेछ ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  २ : ४१ बजे