१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोदावरीबाट मानव बेचविखनको मुद्दामा एक जना पक्राउ



shyam phuyal\lalitpurkhabar

२३ जेठ ०७८,अत्तरिया । मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका २ अत्तरियास्थित मिट प्वाईन्ट होटलका संचालक दान बहादुर साँउदलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
साँउदले यस होटलमा काम लगाइदिने बहानामा २ जना महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाउने कार्यमा संलग्न गराएको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोछ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ३ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।