३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ग्लोवल काठमाण्डौको दोस्रो टल्क


२४ माघ २०७५, बिहिबार  

0
Shares

ग्लोवल शेपर्स कम्युनिटी काठमाण्डौ हवल डिएभि स्कुलमा दोस्रो शेप टल्क कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा डिसिए नेपालद्धारा सञ्चालित सर्ट भिडियो प्रतिस्पर्धा अन्र्तगतका ४ भिडियोहरु राजोवती, निर्लज्ज, प्रदर्शन गरेका थिए । उक्त भिडियोहरुको प्रदर्शन पश्चात् भिडियो निर्माणकर्ताहरु रेवती गुरुङ्ग, प्रशान्ति पौडेल, दिपेश पौडेल, रमेशमान श्रेष्ठ का साथ महिनावारी क्षेत्रका विशेषज्ञ राधा पौडेलबीच महिनावरी सम्बन्धि महिलाहरुले भोगेका समस्याहरुको प्यानल डिस्कसन गरिएको थियो र उक्त छलफलमा ग्लोवल शेपर्सका सलोनी सेठियाले संयोजकको भुमिका निभाउनु भएको थियो ।
     उक्त छलफलमा आजका दिनमा पनि समाजले महिनावरीलाई हेर्ने दृष्टिकोण र यसले महिलाहरुलाई पार्ने प्रभावको बारेमा गरिएको थियो । महिनावरी एउटा शारीरिक प्रक्रिया हो तर महिलाहरु अहिलेसम्म पनि छाउपडी जस्तो प्रथाबाट पीडित छन् । कार्यक्रममा काठमाण्डौ र अरु शहरहरुमा प्रत्यक्ष रुपमा छाउपडी नभएपनि विभिन्न तवरले महिनावरीको समयमा हुने अप्ठ्यारा परिस्थिति तथा समस्याहरु र हुनसक्ने समाधानका बारेमा विस्तृत रुपले छलफल भएको थियो ।
कार्यक्रममा राधा पौडेलले महिनावरीले महिलाहरुलाई कहाँ र कसरी सिमित गर्दछन् र यो महिलाहरुको सरसफाइको विषय मात्र नभई, उनीहरुको व्यक्तिगत सम्मान र मर्यादाको विषय पनि हो भनी जोड दिनुभयो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ७ : २६ बजे