१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सडकमा सास्ती नै सास्ती (फोटोफिचर)


२५ माघ २०७५, शुक्रबार  

0
Shares

ललितपुर खबर
चापागाँउ ललितपुर
२५ माघ २०७५


निरन्तरको बर्षापछि सडक सास्ती शुरु भएको छ । घाम लाग्दा धुलो उड्ने राजधानीका सडक आजकल पानी पर्दा हिलाम्मे छन् । ललितपुरको सातदोवाटो लेले सडकखण्ड आजकल हिडि नसक्नु छ । ललितपुरकै हरिसिद्दि गोदावरी लूभू लामाटार र भैसैपाटी पनि उस्तै समस्या छ ।
चापागाँउ सडक कालोपत्रे गर्ने भन्दै भत्काइएपछि अहिले झन् समस्या परेको छ । हुँदाखाँदाको कालोपत्रे निकालेको र पिच नगरेको भन्दै स्थानीय बासिन्न्दाले केही महिननाअघि सडक बन्द नै गरे । तर ५ सय मिटर सडक कालोपत्रे भएपछि अहिले रोकिएको छ ।
कालोपत्रे भत्केर खाल्टो परेको सडकमा तीब्र गतिमा हुँइकिने गाडीले पैदल यात्रीलाई हिलो छ्याप्दा झनै समस्या भइरहेको छ । मध्यराजधानीका धेरै सडक बनिसके तर शहरको यो पुरानो समस्या आजकल काँठतिर सरेको छ । राज्यको आँखा नपुग्ने ग्रामिण सडक बनाउन ठेकेददारको आलटाल र स्थानीय सरकारको कडा निगरानीको अभावमा सडक सास्ती बढ्दो छ ।

 

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : ५७ बजे