ललितपुर खबर
पुल्चोक, ललितपुर
१३ फागुन २०७५
पाटनबासी भुकम्पपछि त्रासका कारण सडकमा सुते । खुला ठाँउको अभावमा भुकम्पपछि पाटन त्रासमा बाच्यो । खुला ठाँउ प्रर्बदन गर्न सरकारी योजना धेरै बने ।
मध्य पुल्चोकको लभिम मल अगाडिको खाली ठाँउ आजकल झकिmभकाउ छ । ललितपुर महानगरपालिकाको हाताभित्र रहेका फोहोर फ्याक्ने यो ठाँउ अहिले सुन्दर पार्कमा परिणत भएको छ ।
पार्कमा दिनभर पानीको फोहरा चल्छ । चारैतिर बाटो इटाले बारिएको छ अनि रंग लगाइएको छ । फूलहरु ढकमक्क फुलेका छन् । पर्यटक शौचालय पनि चिटिक्क पारिएको छ । मध्य भागमा कलाकार अरनिकोको पूर्णकदको मूर्ति छ । परम्परागत पाराले बुट्टा कुँदिएर बनाइएको पाटी हेर्न लायक देखिन्छ ।
कार्यालय अगाडिको ढुंगेधारा भने पाइप जोडिएको छ । वरपर सफा छैन । ढुंगेधारा संरक्षणको पखाईमा रहेको भान हुन्छ । बुट्टेदार इटाको पर्खा छ । भूईमा चिल्ला ढुंगा विछ्याइको छ । वरपरका रुखमा रंगपोतिएको छ । रंगरोगन पनि उस्तै सुन्दर पाराले पोलिएको छ ।
मेयर उपमयेरलगायत महानगरपालिकामा जनप्रतिनिधि चुनिएपछि यो एउटा गतिलो काम भएको देखिन्छ ।
ललितपुरको पाटन शहर घरहरुले ढाकिदा निस्सासिदो वातावरण व्याप्त छ । परम्परागत नेवारी बस्तीमा केही चोक त छन् तर अव्यवस्थित घरहरुको कारण शहर अस्तव्यस्त नै छ । शहरतिर हरिया रुख देख्न मुस्किल छ । तर पाटनमा पार्क कहि कतै बनेको थिएन । अव भने पुल्चोकबासीले खुला र सुन्दर पार्क पाएका छन् ।
प्रतिक्रिया