२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वेथानचोकलाई धार्मिक पर्यटकीय स्थल बनाइने महापुराण शुरु


१५ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर
वेथानचोक
१४ फागुन २०७५
बेथानचोकमा छत्रे स्थित पार्टीखर्कमा श्रीमत भागवत पुराणवाचन शुरु भएको छ । नेता गगन थापाको आतिथ्यतामा शुरु महापुराण वाचनबाट उठेको भेटीबाट धार्मिक पर्यटनका लागि संरचननाहरु ीनर्माण गरिने लक्ष्य छ ।
तिलेश्वर महोवको उद्गम स्थलरहेको यस स्थनको प्रचार प्रसार र धार्मिक पर्यटकीय संरचना निर्माणको लागि श्रीमत भागवत कथावाचनको आयोजना गरेको मुमुक्षु उद्धव शर्माले जानकारी दिए ।


कथा वाचन अनुराधा शात्री र मुमुक्षु उद्धव शर्माबाट हुनेछ ।
जनश्रृति अनुसार परापुर्व कालमा यहाँ एक कार्की थरको स्थनीयको गाई हराएको र खोज्दै जाँदा गाईको थुनजस्तै भएको ठाँउ पत्ता लागेको थियो । यहाँबाट दुधको धारा बगीरहेको देखेपछि तिलेश्वर महादेवको मन्दिर स्थापना गरेर पुजा आराधना गर्न थालिएको थियो ।
मन्दिर परिसरमा रहेको साक्षत् चट्टानमा गाईको थुन जस्तै आकृति रहेको छ भने अहिले पनि दुध झैं सेतो पदार्थ बगिरहेको देख्न सकिन्छ ।


महापुराण शुरु हुनुअघि सयौं भक्तजन सहभगितामा कलशयात्रा भएको थियो । कथावाचन फागुन २१ गतेसम्म चल्नेछ ।
१०८ श्रीमत् भागवत संकल्पकर्ता कुमुक्षु उद्धव शर्माको अभियान अन्र्तगत यो ६३ औं अनुष्ठान हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ३५ बजे