ललिततपुर खबर
भारदेउ ललितपुर
१६ फागुन २०७५
ललितपुर कोञ्जोसोम गाँउपालिकाले स्थानीयबासीसँग निःशुल्क जग्गा दिन अनुरोध गरेर सूचना जारी गरेको छ । गाउपालिकाले स्थानीय सिम भञ्ज्याङ्गदेखि लाकुरी भञ्ज्याङ्गसम्मको क्षेत्रमा ८ रोपनी जग्गा सरकारको नाममा सित्तैमा पास गरिदिन लाजपुर्जा सहित सम्पर्क गर्न दिन अनुरोध गरी सूचना जारी गरेको हो । गाँउपालिकाका प्रमुख गोपिलाल स्याङ्गतानका अनुसार सूचनामा उल्येख भए अनुसार १५ दिनभित्र कसैले पनि निःशुल्क जग्गा दिन आवेदन परेन ।
निःशुल्क जग्गा दिन कोही तयार नभएपछि सरकारी दररेट अनुसार प्रस्ताव मागे पनि कसैले पनि जग्गा बेच्न ततयार नभएको गोपिलालले जानकारी दिए । उनले भने सरकारी दर रेट धेरै कम छ । आनाको दुई तीन लाख तिर्न मापदण्डले दिदंैन । त्यसैले गाँउपालिकाले भवन बनाउन सकेको छैन ।
प्रतिक्रिया