लपु संवाददाता
ललितपुर शंखमुल,२ चैत्र । धुलो,धुवा,ट्राफिक जाम अनि मान्छे नै मान्छेको भीडभाड काठमाडौंको विच शंखमुलमा एउटा रमाइलो ठाँउ भेटियो । शंखमुल उद्यान ।
शहरभित्र एउटा अत्याधुनिक सुन्दर बगैचा सहितको पार्क रहेको छ । जुन जसले आधुनिक शहरको छनक दिए झैं लाग्छ ।
त्यसैले आजकल शंखमुल वागमती किनारमा पुग्ने जे कोहीलाई नौलो लाग्छ । गैरआवासिय संघले ५२ रोपनी क्षेत्रफलमा बनाएको यो हरित उद्यान भित्र पोखरी पनि बनेको छ ।
पार्कभित्र सुन्दर फुलवारी छ । बस्नका लागि मेचहरु छन् । टायल छाापिएको पदमार्ग छ । शंखमुलमा ठूलो शंखको प्रतिमा छ । पार्कको खाली ठाँउमा हरियो दूवो लगाइएको छ भने धुपीको बोटले बगैचा झन् रमाइलो बनाएको छ । वागमती किनारमा बार लगाइएको छ ।
पार्कमा फोटोसुट गर्न सकिन्छ । यहाँ सधैजसो फिल्म,म्युजिक भिडियो सुटिङ्ग हुन्छ । नयाँ मायालु जोडीको लागि प्रेममा डुव्ने थलो हो,यो । ‘बर्षामा हरियाली हुन्छ पार्क । हिउदमा चाही वागमतीको गन्ध आउछ ।’ स्थानीय रामकृष्ण अधिकारी भन्छन् ।
प्रतिक्रिया