६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा रञ्जना लिपि लेखन प्रर्दशनी


७ चैत्र २०७५, बिहिबार  

0
Shares

लपु संवाददाता
७चैत्र ०७५, पाटन । ललितपुरमा हुने बृहत कला र सांस्कृतिक महोत्सवमा रञ्जना लिपि लेखन विधिबारे प्रदर्शनी हुने भएको छ । नेवारी भाषा लेखिने रञ्जना लिपिबारे ज्ञानको अभावमा संस्कृति नै लोप हुने अवस्था आएपछि रञ्जना लिपि लेखन विधिको प्रर्दशनी हुन लागेको हो । राजधानीका साँस्कृतिक सम्पदामा रहेका धेरै शिलालेखहरु रञ्जना लिपिमा लेखिएको पाइन्छ । रञ्जना लिपिको ज्ञानको अभावमा धेरै बस्तीहरुमा शिलालेखबारे थाहा हुदैन ।
प्रर्दशनी अवधिभर गेडागुडीको मण्डला प्रदर्शनी हुने छ । हरेक वर्ष मंसिर पूर्णिमा सकिमना (पून्हि) का दिन नेवार समुदायमा हलिमली ब्वयेगु भनि गेडागुडीको मण्डला, देवीदेवताको आकृति बनाउने परम्परा रहेको छ । सो परम्पराको प्रतिकको रुपमा सो महाविहारमा प्रदर्शनी हुन लागेको हो । त्यस्तै सो महाविहारमा हरेक वर्ष दशैंको अवसरमा हुने अष्टमातृका नाचको झझल्को दिने गरी देवीदेवताको मुखाकृतिको प्रदर्शनी गरिने छ । महाविहारसंगैको नकबहीलमा सांस्कृतिक प्रदर्शनी हुने छ।नकबहीलमा फल्चामा (पाटीमा) मच्छिन्द्रनाथ बनाउने विधिको जीवन्त प्रदर्शनी हुने छ ।

त्यसैगरी भाष्करदेव संस्कारित लोकाकिर्ति महाविहार न्याखाचोकमा बज्रचार्य पुजाविधिको सहयोगमा मानिस जन्मदेखि नमरुञ्जेलसम्म गर्नुपर्ने दशकमं संस्कारमा र विभिन्न पुजाविधिमा प्रयोग गरिने सामग्रीको प्रदर्शनी हुने छ ।
त्यस्तै स्वठ टोल सुधार समिति सहआयोजनामा नेवारी परम्परागत भेषभुषा प्रदर्शनी, सांस्कृतिक नृत्य एवं सांगितिक कार्यक्रम हुने छ ।
धातुका मूर्तिकला, मूर्ति बनाउने प्रक्रियाको जीवन्त प्रदर्शनी गरिने छ । त्यसैगरी स्थानीय टंगल, तिच्छुगल्लीमा तामाका भाँडाकुँडा र कायगुननीमा विभिन्न पर्वको बोध गराउने सामग्रीको प्रदर्शनी गरिने छ ।
पिम्बहालस्थित ऐतिहासिक जगमदु पखुँमा (पोखरी)मा बोटिङ्ग , चिलच्वों स्तुपा वरिपरि राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेवार समुदायका व्यक्तित्वको चित्र प्रदर्शनी गरिने बताइएको छ ।महोत्सव अवधिभर वडाका परम्परागत धिमे बाजा, धां बाजा, नाय्खी बाजा, नौ बाजा मृडंङ्ग भजन, लाखे नाच लगायत विभिन्न सांस्कृतिक झाक्रीहरु प्रदर्शनी गरिने छ । त्यसैगरी क्राफ्ट सिटी, संस्कृति संरक्षण, पर्यटक प्रर्वद्धन बारे अन्र्तक्रिया, डबली बहस हुने बताइएको छ । हरेक दिन स्थानीय ब्राण्डहरुको सांस्कृतिक प्रस्तुती हुने छ ।


‘महोत्सव वडा नं १६ लाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न टेवा पु¥याउने छ ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो।
विश्वसम्पदा सूचीकृत कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), यशोधर महाविहार, रत्नाकर महाविहार लगायत लिच्छिवकालीन बौद्ध विहार, विभिन्न मूर्त, अमूर्त सम्पदा सो वडामै रहेको छ । कार्तिक नाच, अष्टमातृका नाच जस्ता मल्लकालीन नाचहरु सो वडाबाट सञ्चालन हुने गरेको छ ।‘यसलाई मध्यनजर गरेर वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको छु ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ मेला लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम हो ।’

तस्विर श्रोत ः  nepalnetworks.com

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  १० : १२ बजे