३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरमा सहकारी दिवस साताव्यापी मनाइने


१२ चैत्र २०७५, मंगलबार  

0
Shares

फाइल तस्विर ः सहकारी डट कम

लपु संवाददाता
१२ चैत्र ०७५, ललितपुर । सहकारी अभियान शुरु भएको ऐतिहासिक दिनको सम्झनामा ललितपुरमा विविध कार्यक्रम सहित ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । आगामी चैत्र २० गते ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ सहकारी दिवस मनाउन लागिएको हो ।
यसै सन्दर्भमा ६२ औं राष्ट्रिय सहकारी दिवस २०७५ जिल्ला मुल समारोह समिती गठन गरिएको छ । समितीले चैत्र १३ गते बुधबारदेखि चैत्र २० गतेसम्म सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गर्नेछ ।
चैत्र १३ गते बुधबार ललितपुरको वागमती गाँउपालिका कार्यालयमा अन्तक्रृया र १५ गते शुक्रबारका दिन जिल्ला सहकारी कार्यालयमै महिला सहकारीकर्मीहरु बीच गोष्ठी राखेको छ । १६ गते शनिबार कोञ्जोसोमको बाघभैरव स्कुलमा अन्तक्रिया छ भने १५,१६ र २० गते विभिन्न ठाँउहरुमा रक्तदान ककार्यक्रम आयोजना हुँदैछ ।
सहकारीकर्मीहरु सहभागी जिल्ला स्थितमुल समारोह समितीले दिवसको अवसर पारेर दिप प्रज्वलन,प्रभातफेरी,खेल तथा सरसफाई आदी कार्यक्रम पनि तय गरिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ८ : ४४ बजे