८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा आयो धुलो बढार्ने ब्रुमर, ललितपुरमा खै ?


१२ चैत्र २०७५, मंगलबार  

0
Shares


लपु संवाददाता
१२ चैत्र ०७५, काठमाडौं । राजधानीको धुलो बढार्न ल्याइएको ब्रुमरले राजधानीमा रातभर काम गर्ने भएको छ । ‘रातको ८ बजेबाट सडक बढार्नप्रयोग हुने ब्रुमर विहान ६ बजेसम्म काम गर्नेछ ।’ राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले भने ।


राजधानी ल्याइएको नयाँ ५ वटा ब्रुमरले काठमाडौंका विभिन्न ५ वटा रुटको धुलो सफा गर्नेछन् । सबै बु्रमरहरु काठमाडौंको टेकुबाट छुट्नेछन् । काठमाडौं महानगरले लयाउको यो ब्रुमर महानगरभित्र मात्रै सडक सफामा लगाइनेछ ।
काठमाडौं ल्याइएको ब्रुमरको मुल्य प्रति गोटा २ करोड १५ लाख १७ हजार ४ सय ३६ रहेको महानगरले वताएको छ । ब्रुमरमा अगाडि एउटा, विचमा दुई वटा र पछाडि एउटा गरी चार वटा ब्रस छन् । यी ब्रसले धुलो उडाउने र पम्पले तानेर गाडीमा धुलो जम्मा गरिनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ९ : १९ बजे