३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रिपोर्टस क्वलले बाड्यो पत्रकारलाई पुरस्कार


१८ चैत्र २०७५, सोमबार  

0
Shares


लपु खबर
१७ चैत ०७५,काठमाडौँ । रिपार्टर्स क्लबले बार्षिकोत्सवको आवसरमा राजधानीमा पत्रकारहरुलाई पुरस्कार वितरण गरेको छ । नेपालको यस वर्षको गिरिजा प्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई र मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्धय सुवास घिमिरे र हरिप्रसाद जोशीलाई प्रदान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरेका हुन् । श्रेष्ठलाई प्रदान गरिएको सो पुरस्कारको राशि रु एक लाखसहित प्रमाणपत्र छ । प्रधान सम्पादक श्रेष्ठ अस्वस्थ्य भएकाले सो पुरस्कार सो पत्रिकाका कार्यकारी सम्पादक दीपक रिजालले ग्रहण गरे ।
त्यस्तै ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अङ्ग्रेजी दैनिकका प्रधान सम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही रु ५०÷५० हजार छ ।
यसैगरी ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७५’ क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ ।


यसैगरि क्लबले यो वर्षको उमासिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार सम्झना वनलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि २५ हजार रहेको छ ।
त्यस्तै ‘शहीद जगतजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार डिल्ली बसेललाई प्रदान गरिएको छ । बसेल ईमेज च्यानल टेलिभिजनका समाचार सम्पादक हुन् । दुई दशकभन्दा बढिदेखि पत्रकारितामा सक्रिय बसेललाई दिईएको उक्त पुरस्कारको राशि २५ हजार रहेको छ ।
कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार–२०७५ नागरिक दैनिकका पत्रकार शिवहरि घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई प्रदान गरिएको उक्त पुरस्कारको राशि २५ हजार रहेको छ ।
‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार सन्तोष न्यौपानेलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि १५ हजार राशि रहेको छ ।
‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७५’ राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्साललाई प्रदान गरिएको छ । लम्साललाई प्रदान गरिएको पुरस्कारको राशि १५ हजार रहेको छ ।
त्यस्तै, ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार उषाकिरण कँडेललाई प्रदान गरियो । कंडेललाई प्रदान गरिएको उक्त पुरस्कारको राशि दश हजार रहेको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भरतपुर उपमहानगरपालिका प्रमुख रेनु दाहाल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल, भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीलाई सम्मान गरेका थिए ।
त्यस्तै, बरिष्ठ उद्यमी महेश जाजु, प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन, रमन कन्स्ट्रक्शनका सिईओ तथा एमडी रमन महतो, सिप्रदी कम्पनीजका सिईओ राजनबाबु श्रेष्ठ, नेपाल आयल निगमका सिईओ सुरेन्द्र पौडेल, नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारी, प्राईम टाईम्स टेलिभिजन प्रा.लीकी निर्देशक नीलिमा गांगुली, प्राईभेट मेडिकल कलेज एशोसिएशन अफ नेपालका अध्यक्ष वसुरुद्दीन मियाँ अन्सारी, त्रि.वि.शिक्षण अस्पताल प्रमुख प्रेमकृष्ण खड्गा, बरिष्ठ समाजसेवी पूर्णलाल श्रेष्ठ र चलचित्र पत्रकार तथा निर्देशक विजयरत्न तुलाधारलाई आज प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ५६ बजे