२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


‘बजेटका कारण झगडा नहोस’


२० चैत्र २०७५, बुधबार  

0
Shares

नवराज सिलवाल

ललितपुर स्थानीय स्तरमा कसले नेतृत्व गर्ने भन्ने सबैमा चिन्ता देखिन्छ । जो भए पनि मिलेर काम गर्नु पर्छ । पार्टी एकिकरण भएको छैन भनेर वाहाना बनाएर काम गर्ने सवालमा सम्झौता हुनु हुदैन । अघिल्लो बजेट बनाउदा धेरै छलफल भएन । आउदो बजेट बनाउदा पर्याप्त छलफल गरेर योजना बनाएर काम गर्न सकिन्छ ।

ऐतिहासिक शहर चापागाँउलाई व्यवस्थित बनाउने योजना छ । हिड्ने बाटोमा ढुंगा छाप्ने,छेउमा पाइप राख्ने फुलु रोप्ने पोखरी व्यवस्थित गर्ने काम गर्ने योजना छ । चापागाँउलाई सुन्दर शहर बनाउने भिजन छ । शहरी विकाश मन्त्रालयबाट बजेट ल्याउन सकिन्छ । अहिले ललितपुरमा जुन बजेट आएको छ । इतिहासमै धेरै हो । ८० प्रतिशत भुभाग ओगटेको दक्षिण ललितपुर भएको कारण दक्षिण ललितपुरमा धेरै बजेट पर्नु स्वभाविक हो । अरु ठाँउमा सडक बनिसकेको छ अस्तपताल छन् । पुर्वाधारका हिसावले राम्रो भइसकेको छ । तर दक्षिण ललितपुरमा पुर्वाधारहरु बन्न बाँकी छन् । यहाँका लागि बजेट अझै आवश्यक छ । बजेट र कार्यक्रम आएको छ ।

यही बजेट र कार्यक्रम आएको कारण पार्टीमा झगडा नहोस् । पार्टी एकिकरण भएको छैन यो भएन त्यो भएन भनेर बजेट कार्यान्वयनको सवालमा वाहाना गर्नु हुदैन । पार्टी एकिकरणको काम भइ नै सकेको छ । को हो भनेर तोकिन मात्रै बाँकी हो अरु सबै भइसकेको छ । काम गर्न कुनै समस्या छैन । अहिले बजेटको कार्यक्रमको समस्या होइन । समस्या कार्यान्वनको हो । कार्यन्वयन गर्ने स्थानीय निकायले हो । अनुगमन गर्ने टिम बनाउन सकिन्छ । यो बजेट र कार्यक्रमले समृद्धि आउनु आवश्यक छ । यसका लागि सबै खटिनु जरुरी छ । बनेका उपभोक्ता समितीले खटिएर काम गर्ने हो भने बजेट कार्यान्वयनमा समस्या हुदैन । तपाईहरुले के गरिरहनु भएको छ । यहाँ अरुले हेरेर बसेका छन् । कहँ कतै हिसाव गढवढ भएमा जवाफ दिनु पर्छ । जवाफ दिन सक्ने गरेर काम गर्नु आवश्यक छ । ५० लाखको बजेट परेको ठाँउमा ६० लाख बराबरको काम हुनु पर्छ आफूले गरेको कामको सही सही स्प्रष्ट हिसाव राखेर काम गर्न सललाह दिन्छु । अनि जवाफ दिन पनि सझिलो हुन्छ ।

हामीले वजेट दियौ । कार्यक्रमहरु ल्यायौ । अव यो बजेट कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय स्तरबाट हो । यो बजेटको ९०÷९५ प्रतिशत काम हुन सके कायापलट हुन्छ । यो वजेट कार्यान्वयन गर्ने हो भने अर्को वर्ष यो भन्दा धेरै बजेट आउछ । । अहिले २८ प्रतिशत भन्दा धेरै काम हुन सकेको छैन । यो वजेट खर्च गर्नका लागि यो भएन त्यो भएन यसले यसो गरेन भनेर नआउनु होला । वजेट ल्याउने जिम्मा हाम्रो कार्यान्वयन गर्ने जिम्मा तपाईहरुको । बजेट कार्यान्वयन गर्दा भष्टाचार हुनु भएन । पारदर्शी काम हुनु पर्यो । तपाईले गरेको विकाशको काम भोलिको इतिहास हो । मेरो हजुरबुबाले रात दिन खटेर यो पुल बनाउनु भएको भनेर भोलि नातीले गर्व गर्न सकोस् । यो वजेट कार्यान्वयन भएन भने अर्को बजेट ल्याउन सकिन्न । दिनेले पनि त्यो काम भएन भनेर वाहाना पाउछ । तपाईहरुले यो पटक काम गर्नुस यसको दोव्वर बजटे ल्याउने जिम्मा मेरो ।

१ सय गन्तव्यमा गोदावरी पनि गरेको छ । ललितपुरलाई पर्यटकीय क्षेत्र बनाउन सर्र भयो तसको डवल बजेट ल्याउने काम मेरो । कारले नै निर्णय गरेको छ । हरेक वर्ष ५० लाख आउँछ । यहाँ फुलचोकी,दलचोकी,माझखण्डजस्ता धेरै गन्तव्य छन् । मनकामना,पाथीभाराजस्ता धार्मिक पर्यटकीय स्थलहरु प्नि छन् । सधै सडक बनाएर मात्रै हुँदैन । हरेक वर्ष पानी पर्छ । भत्किन्छ । विकाशका अरु पुर्वाधार पनि आवश्यक छन् । पर्यटकीय रुट ट्रेकिङ्ग, हाइकिङ्ग रुटहरु विकाश गर्न सकिन्छ । अरु विकाशका पुर्वाधार पनि बनाउनु आवश्यक छ ।

सिलवाल ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सासंद हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : २५ बजे