८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा आवास पुनर्निर्माणको अवस्था निरासाजनक


१३ बैशाख २०७६, शुक्रबार  

0
Shares

ललितपुरको खुर्सानीबारीमा भुकम्पपछि बनेका घरहरु । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१३ वैशाख ०७६, ललितपुर । २०७२ सालको विनासकारी भूकम्प गएको ४ बर्ष पुग्दा निजीआवास पुनर्निर्माण अन्र्तगत राष्ट्रिय स्तरमा ८० प्रतिशत उपलब्धि हासिल भएको बताइरहँदा ललितपुर जिल्लामा भने पुनर्निर्माणको अवस्था निरासाजनक देखिएको छ ।
ललितपुर जिल्लमा हाल सम्म प्रमाणीत कूल २८ हजार ३ सय ५६ लाभग्राहीहरु मध्ये ३ हजार ५ १६ लाभग्राहीले मात्र पुनर्निर्माण सम्पन्न गरेका र करिब ९ हजार ८०० घरहरु पुनर्निर्माण हुँदै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका २४ हजार ७४८ घरपरिवार मध्ये पहिलो किस्ता २४ हजार ६१६ घरपरिवार भएपनि दोस्रो किस्ता भने १० हजार ३२२ ले मात्र लिएको पाइएको छ । त्यस्तै ७ हजार ३ सय १५ लाभग्राहीहरुले मात्र तेस्रो किस्ता लिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

पहिलो किस्ता लिएका करिव १४ हजारले दोस्रो किस्ता लिन आएका छैनन् । यस हिसाबले हेर्दा सबै लाभग्राहीहरुले घर पुनर्निर्माण गर्ने सम्भावना न्यून रहेको छ ।
यस अघि लाभग्राही सूचिमा परेका परिवारहरुले घर नबनाइ रहेको अवस्थामा जिल्लामा लाभग्राहीको सूचिमा छुटेको भन्दै नयाँ गुनासो दर्ता भएका छन् ।
पुनर्निर्माण प्राधिकरणका अनुसार ललितपुर जिल्लामा जम्मा ६ हजार ५७३ गुनासो दर्ताभएकोमा कूल ६४७६ गुनासोको पुनारावलोकान गरिएको छ र फर्छौट हुनेक्रममा रहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : ५३ बजे