८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


घरमा सामान राखेर डोजरले लगाइयो ः पिडित स्थानीय


१६ बैशाख २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
१६ वैशाख ०७६,सातदोवाटो । प्रशासनले घर भत्काउदा घरभित्र सामान हुँदा हुँदै डोजरले घर भत्काउन थालेको भन्दै विरोध छन् । एक स्थानीयले घरभित्र सामान हुँदा हुँदै डोजर लगाएको भन्दै विरोध गरेकी हुन् । नाम नबताउने शर्तमा उनले भनिन्, ‘घर भत्काउदैछ भनेर हामी सामान मिलाउदै थियौं । हामीले भत्काउन लागेको थाहै पाएनौं । हाम्रो सटरमा डोजरले हानिसकेछ ।’
अर्का स्थानीयले तीन चार बर्षसम्म निदाएर बस्ने प्रशासन सामान सार्न १० मिनेट पनि नदिएको गुनासो गरे । भित्र सामान राखेर बाहिरबाट घर भत्काएको भन्दै उनले भने, ‘प्रशासनको रवैया राम्रो भएन ।’
स्थानीय दिलिप खड्गीका अनुसार सातदोवाटोको घर भत्काउने क्रममा पसल सार्न ४ दिन मात्रै पाएको दुखेको पोखे । उनल भने, ‘४ दिनमा पसल कहाँ सार्नु । सार्है अप्ठ्यारो पर्यो ।’
सातदोवाटोको एक किराना पसलको सामान सार्दा सार्दै पसलमा डोजर लगाइएको थियो । सामान सार्दा सार्दै सटर बन्द गरेर घरमा डोजरले हानिएको थियो । (हेर्नुस् तस्विर)


शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सातदोवाटोका स्थानीय र प्रमुख जिल्ला अधिकारीबीच मुआव्जा वितरण सम्बन्धमा छलफल भएको थियो । छलफलको क्रममा स्थानीयबासीहरुले सरकारी रेट अनुसार घरको क्षतिपूर्तिसँगै जग्गाको पनि मुआव्जा माग गरेको स्थानीय तथा सडक पिडित संर्घष समितिका सचिव राजेन्द्र श्रेष्ठले वताए । श्रेष्ठले ललितपुर खबरसँग भने जग्गाको मुआव्जा नदिए हामी हाम्रो १४ वटा घर ज्यान गए पनि भत्काउन दिदैनौं । प्रमुख जिल्ला अधिकारीले महल गर्ने आश्वासन दिएर सथानीयलाई फर्काएका थिए ।
काठमाडौं उपत्यका विकाश प्राधिकरण ललितपुरमा घरको क्षतिपूर्ति लिन धेरै पल्ट धाए पनि पैसा नपाएको स्थानीय तुलसी शाहीले गुनासो पोखे । उनले भने, ‘हामी पैसा देउ भनेर आयुक्तको कार्यालय पचासौं पल्ट पुग्यौं । तर सधै पैसा भएपछि फोन गछौं भनेर फर्काए । पैसा दिएनन् ।’


काठमाडौं उपत्यका विकाश प्राधिकरण ललितपुरमा घरको क्षतिपूर्ति लिन धेरै पल्ट धाए पनि पैसा नपाएको स्थानीय तुलसी शाहीले गुनासो पोखे । उनले भने, ‘हामी पैसा देउ भनेर आयुक्तको कार्यालय पचासौं पल्ट पुग्यौं । तर सधै पैसा भएपछि फोन गछौं भनेर फर्काए । पैसा दिएनन् ।’

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ८ : २७ बजे