लपु संवाददाता २४ बैशाख ०७६, पाटन । उपत्यकाकै लामो जात्रा रातो मच्छिन्द्रनाथको रथ यात्रा बुधबारबाट ललितपुरको पुल्चोकबाट गावाहाल पु¥याइएको छ । रथयात्राको पहिलो दिन गावाहाल पु¥याउनु अघि गावाहालबासीले भोजको आयोजना गरे ।
मंगलबजारको टंगलबाट मीननाथको रथ नःटोल पु¥याइएको थियो । मच्छिन्द्रनाथलाई पुजा प्रसाद चढाएपछि मच्छिन्द्रनाथ र मीननाथको रथयात्रा सँगै गरेर गावाहाल पु¥याइएको हो । रथयात्रामा सहभागी हुन पाटनका हजारौं स्थानीयहरु सडकमा आएका थिए । रथयात्रामा विभिन्न टोलका बासिन्दाहरु बजाएर रमाइलो गरे । रथयात्रा ४ बजेपछि साँझपख शुरु भएको हो । रथयात्राको क्रममा रथ तान्नका लागि पाटनका विभिन्न टोलका संयोजक तोकेर ज्यापु समाजले संयोजन गरेको थियो ।
गठी संस्थान ललितपुरको रेखदेख र व्यवस्थापनमा रथयात्रा शुरु गरिने संस्थानका प्रमुख शैलेन्द्र पौडेलले बताए ।
प्रतिक्रिया