६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘सगरमाथा नाप्ने काम असफल भइसकेको थियो’


११ जेष्ठ २०७६, शनिबार  

0
Shares

नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौत्तम । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
११ जेठ ०७६,काठमाडौं । सगरमाथाको उचाई नाप्न संलग्न नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौत्तमले सगरमाथा नाप्ने क्रममा अकिसजन सकिएर ज्यान जोखिममा परेको जानकारी दिएका छन् । गाइडको साथीले अक्सिजन दिएर तल आउन सफल भएको उनको भनाई छ ।
देवकोटाको स्वास्थ्यमा समस्या छ उनको हिउले खुट्टा खाएको छ ।
‘यस पल्ट उचाई नाप्ने काम सफल हुने अवस्था थिएन । विगत २५ वर्षको आरोहणको इतिहासमा सबैभन्दा धेरै मान्छेको मृत्यु अहिले भएको छ । सबैभन्दा धेरै घाइते अहिले भएको छ ।’ उनले भने । २ घण्टा ट्राफिक जाम थियो । एक दिन घाम लाग्ने अर्को दिन हावा चल्ने । हिलर स्टेपमा बस्दा समस्या आएको थियो ।
यस पल्ट १३ जनाको मृत्यु भएको उनको भनाई छ । ‘बेलैमा उद्दार नभएको भए हाम्रो कुन हालत हुन्थ्यो भन्न सकिन्न ।’ उनले भने ।

सगरमाथाको सफल आरोहणसँगै नापी सर्वेक्षण गरी फर्केका नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौत्तमलाई मिठाई खुवाउदै मन्त्री पद्मा अर्याल ।


सरकारको जिम्मेबारी महत्वपूर्ण लागेर नै ८ हजार मिटरभन्दा माथि उक्लेको र काम गर्दै जाँदा अक्सिजन सकिएको कारण ज्यान जोखिममा पारेर दुई रात सगरमाथामा बसेको जानकारी दिए । उनले भने, ‘हाम्रो कार्यक्रम असफल भइसकेको थियो । हामीसँग आवश्यक अक्सिजन थिएन । हामी त्यहाँ एक रात बस्यौं । आवश्यक अक्सिजन मगाएर काम गर्यौं ।’
टोली सगरमाथाको उचाई नाप्ने क्रममा जेठको ८ गते विहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेको पुगेको थियो । उचाई नाप्ने क्रममा त्यसवेला पुर्वी नेपालका विभिन्न ५ ठाँउबाट एकै पटक सर्वेक्षण गरिएको थियो । टोलीले सगरमाथा पुगेको सूचना पनि सेटलाइटबाटै खबर पठाएको थियो ।
११३ वटा सेटलाइटहरु मध्ये ५२ वटा सेटलाइटलाई डाटा अव्जर्भ गरिएको त्यो संसारको नौलो परिघटना थियो ।
नापी अधिकृत खिमलाल गौत्तमले उचाई नाप्ने क्रममा १ घण्टा १६ मिनेट चुचुरोमा बसेर फर्केको जानकारी दिए ।

सगरमाथाको सफल आरोहणसँगै नापी सर्वेक्षण गरी फर्केका नापी विभागका कमएचारीहरुसँग तस्विर खिचाउदैै मन्त्री पद्मा अर्याललगायत ।


टोलीले सगरमाथाको उचाइ नाप्ने ठाँउ नेपाल चीनबीचको अन्तराष्ट्रिय सिमाना पनि हो ।
गौत्तमको टोलीले मेसिन राख्ने लेवल मिलाउने, प्वाइन्ट मिलाउने काम गरेको थियो । उनले भने,‘हामीले सेटलाइटका तथ्याङ्क संकलन गर्ने काम गर्यौं । संसारमा भएको पाँचवटा सेटलाइटहरु अमेरिकी जिपिएस, युरोपियन युनियनको ग्यालिलियो, चाइनाको पेइजुई जापानको क्युटिएस, रसियाको ग्रोनारबाट तथ्याङ्कहरु संकलन गर्न भयो ।’
टोली सगरमाथा चढ्न मात्रै होइन सगरमाथामा पुगेर काम गरेर फर्केको हो ।
गतचैत्र २७ गते प्रधानमन्त्री केपी ओलिले सगरमाथा चढ्ने बेलामा हिमाल चढ्दा स्वासथ्यको ख्याल गर्न र गाइडको सल्लाह मान्न सुझाव दिएर टोलीको विदाई गरेका थिए ।
वैशाख २८ गते मन्त्री पद्मा अर्यालसचिव गोपिनाथ मैनालीलगायतको टोली आधार शिविर पुगेर निरिक्षण गरेको थियो ।
भूमि सुधार सहकारी तथा गरिवी निवारण सचिव गोपिनाथ मैनाली नापी टोलीले सगरमाथाको उचाई नापेर आफ्नो उचाई पनि बढाएको धारणा राखे ।
सगरमाथाको उचाई पत्ता लग्न ६ महिन लाग्ने सरकारी अधिकारीेहरुले वताएका छन् । उनीहरुको अनुसार बंगालको समुन्द्रबाट नाप नक्सा गर्दै तथ्याङ्क संकलन गरिदै सगरमाथासम्म पुगिएको हो । सगरमाथाको उचाई नाप्ने विगत ६५ वर्षदेखि भइरहे पनि नेपालले भने पहिलो पल्ट उचाईै नाप्न लागेको हो ।

भूमि सुभार, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले
डेड महिनासम्म सगरमाथा क्षेत्रमा बसेर काम गर्नु धेरै चुनौतीपूर्ण रहेको वताइन् । उनले भनिन्, ‘हामीले आफ्नै कर्मचारी,गाइड,आफ्नै साधनश्रोत प्रयोग गरेर सगरमाथाको उचाई नापेका छौं ।’
भुकम्पपछि सगरमाथाको उचाई घटेको र बढेको भन्ने विभिन्न तथ्यहरु बहिर आएको कारण सगरमाथाको उचाई नापिएको हो । नेपालले सगरमाथाको उचाई अहिलेसम्म नापेको थिएन ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार  ९ : ४१ बजे