१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचोको पिन पोखरीको मुद्दामा कारण देखाउ आदेश


११ जेष्ठ २०७६, शनिबार  

0
Shares

फाइल तस्विर ः ललितपुर खबर

लपु संवाददाता
११ जेठ ०७६,ललितपुर । सर्वोच्च अदालतले ठेचोस्थित पिंन पोखरी मिचेर बृद्धाश्रम भवन निर्माण किन नरोक्न भन्दै कारण देखाउका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानान्यायधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले शुक्रबार सो आदेश दिएको हो ।
केही दिन अघि श्रद्धासुमन आचार्य, काठमाडौं स्कुल अफ लका विद्यार्थी सञ्जय अधिकारी ,सम्पदा पुनर्जागरण तथा संरक्षण समूहका रोमन महर्जनलगायतले सर्वोच्च अदालतमा दिएको रिटमा दिएका थिए ।
रिटमा प्रदेश सरकार तथा नगरपालिकाले गरेको निर्णय बदर गर्न, निर्माण सामाग्री तत्काल हटाउन, पोखरी पहिलाकै शैलीमै संरक्षण गर्न गराउन पोखरीको जग्गा अतिक्रमण रोक्न, र मुद्दाको किनारा नलागेसम्म निर्माण रोक्न माग गर्दै रिट दायर गरिएको थियो ।
पिन पोखरीको जग्गामा स्थानीय बासिन्दाको विरोधकाबीच निर्मार्णाधिन वृद्धाश्रमको निर्माण कार्य अघि नबढाउन पुरातत्व विभागले २ पटकसम्म पत्राचार गरेको थियो । ,‘२०७५ चैत्र २० को निर्णयअनुसार गोदावरी नगरपालिका वडा नं. १२ ठेचोस्थित पिन पोखरीको ऐतिहासिक,साास्कृतिक र पुरातात्विक महत्व आँच नआउने गरि यथास्थानमा संरक्षण गर्न पत्राचार भएकोमा धमाधम काम भइरहेको जानकारी आएकाले पोखरीको संरक्षण गर्न अनुरोध गर्दछौं ।’ भन्ने व्यहोरा लेखेर पुरातत्व अधिकृत पुरुषेत्तम खढ्काले हस्ताक्षर गरेर पत्र लेखेका थिए । तर, पुरातत्वको पत्रलार्ई आएपछि पनि निर्माण अगाडि बढाइएको थियो ।
अहिले पहिलो तला ढलान भइ दोश्रो तलाको लागि पिलर राखिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।