१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर वाणिज्य संघद्वारा छात्रवृति वितरण


१७ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१७ जेठ ०७६,पाटन । ललितपुर उद्योग वाणिज्य संघले वार्षिक रुपमा सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गरिंदै आएको छात्रवृत्ति वितरण गरेको छ ।
छात्रवृति पाउने विद्यालय विश्वामित्र गणेश मा.वि. लुभु ज्यामिरकोट, श्री फुुल्चोकी उ.मा.वि., ठैव, श्री ५ महेन्द्र उ.मा.वि. ठूला दुर्लुङ्ग, मगरगाउं उ.मा.वि. शंखु, कालिदेवी उ.मा.वि.प्युटार, किटिनी उ.मा.वि. गोदावरी, श्री सिद्धिमंगल मा.वि.सिद्धिपुर, श्री गणेश मा.वि.डुकुछाप, धुसेल मा.वि.धुसेल, प्रभात मा.वि.त्यागल, श्री महाकाली देवी मा.वि.भट्टेडांडा, श्री महाकाल उ.मा.वि.गोटिखेलका १२ जना छात्रछात्रा रहेका छन् ।संघका श्रद्धय संस्थापक स्व. बेखानाथ छात्रवृत्ति पाटन संयुक्त क्यापसमा एमविएस अध्ययनरत प्रशंसा नेम्कुललाई प्रदान गरिएको छ ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले संघले सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासको लागि सानो लगानी गरेको बताए ।
छात्रवृत्ति यस संघका अध्यक्ष श्री कृष्णलाल महर्जन, वरिष्ठ उपाध्यक्ष श्री भरत लाल जोशी, वाणिज्य उपाध्यक्ष श्री रुप कुमार शाक्य र पूर्व कार्यसमितिका सदस्य श्री सूर्य गोपाल न्याछ्योंले वितरण गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।