जेठ ०७६, ललितपुर । दाङ्गका नारायणपुरका अर्जुन गन्दर्व सारंगी बजाउदै गाँउघर डुल्छन् । यी सारंगी दाई गाँउघरका भाका गाँउछन् । दुःखी र गरिवीको पिडा सुनाउछन् । हिजा उनले सारंगी रेटेर द्वन्द्वका दुख गाए । भुकम्पको पिडा पोखे । आज बैदेशिक रोजगारीले दिएको व्यथा गाउदैछन् ।
उनको चोटिलो भाका र दर्दनाक गीत सुनेर धेरै मान्छे धुरुधुरु रुन्छन् । उनको गीत सुनेर मान्छे रोएको देख्छन् उनीको स्वर रुञ्चे हुन्छ । विछोड र वियोगको भावपूर्ण गीत गाउन माहिर छन् सारंगी दाई अर्जुन गन्दर्व ।
अर्जुनलाई शरिर रेटेर कमाउनु भन्दा सारंगी रेटेर जीवन धान्न सझिलो छ जस्तो लाग्छ । सारंगी बजाउदा बजाउदै उनी पुर्वी नेपालका ४० जिल्ला घुमिसके । सारंगी रेट्दै गाँउ घुम्न उनलाई रमाइलो लाग्ने रहेछ ।
भोलिको पुस्तामा गन्दर्व सस्कृति लोप हुने चिन्ता छ, उनलाई । गाँउघरतिर डुल्दा गाइने गन्दर्वलाई अनाज पानी दिने चलन हटिसक्यो । युवा पुस्ताले जागिरको चक्करमा सारंगी बजाउन छोडिसक्यो । उनले आफ्नो छोरालाई सारंगी बजाउन सिकाएका त छन् । ‘तर आजकलका युवाहरु सारंगी बजाएर हिड्न मन पराउदैनन्’ अर्जुन भन्छन् ।
पुरानो गन्र्दव संस्कृति लोप हुदै गए पनि आजकल सारंगी बाजाको व्यावसायिकरण हुँदैछ । होटल रिर्सोटमा साँझ सारंगी बजाउने सारंगी दाईको माग बढ्दो छ । सारंगी दाईले सारंगी बजाएको मासिक तलवसँगै हिरेक साँझ टिप्स पनि पाउछन् ।
केही समय अघि उनी जावलाखेलको एक क्याफे सारंगी बजाउथे । उनले धेरै दर्शकश्रोतालाई सारंगीको धुन सुनाए । कुनै साँझ सारंगी बजाउदा हजारौं टिप्स पाएको अनुभव सुनाउदै अर्जुन भन्छन्,‘सारंगीको धुन मन पराउने शहरमा धेरै मान्छे छन् ।’
अर्जुन फर्सदमा समूह बनाएर सारंगीको धुन सुनाउछन् । विदाका दिन होटल र रिर्सोटमा सारंगी बजाउने निम्ता आउछ । ‘होटलमा बेला मौकामा हजारौं टिप्स पाइन्छ’ उमाउदै अर्जुन भन्छन् ।
दाङ्ग गन्दर्वहरुको बाहुल्य रहेको जिल्ला हो । सारंगी बजाउने उनका दौतरी प्रसस्त छन् ।
पर्यटकहरु सारंगीको धुन सुनेर मन्त्रमुग्ध भएको देख्छन्, अर्जुन । उनलाई लाग्दो रहेछ पर्यटकहरुलाई सारंगीसँग जोडेर रोजगारी श्रृजना भएको भए । नेपाली गन्दर्व संस्कृतीलाई संसारभर फैलाउन पाए कति राम्रो हुन्थ्यो होला । यस्तै सोच्छन् उनी ।
ठमेल घुम्दा धेरै पल्ट पर्यटकलाई सारंगी सारंगी बेलेका छन् । घरमा उनको अझै ४ वटा सारंगी छन् किन्ने मान्छे आए सारंगी बेचिदिन्छन् ,अर्को बजाउछन् अर्जुन ।
लोक संस्कृतीसँग जोडिएको छ –सारंगी र गन्दर्व संस्कृती । उनलाई आफ्नै संस्कृती प्यारो लाग्छ । भन्छन्,‘तर कसरी जोगाइदेला संस्कृती र हाम्रो पहिचान ???
प्रतिक्रिया