५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘प्रनिसको अपशब्द र रंगभेदी टिप्पणी’


२९ जेष्ठ २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
२९ जेठ ०७६, काठमाडौं । चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चाम्सले यस्तो बताएका हुन् । निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमवि?द्ध प्रहरीकहाँ गएको स्पष्टीकरण दिए । उनले भने,‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं ।’
उनले आफ्नो उद्देश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै भने,‘मैले गौतम भाईलाई पाठ सिकाउनको लागि पनि प्रहरीकहाँ गएको हुँ, यो मैले उसलाई व्यक्तिगत ईगो राखेर थुन्न खोजेको थिईँन् ।’
प्रनेश पक्राउ परेपछि आफूले उनका बाबु र आमासँग पनि भेटेरै कुराकानी गरेको चाम्सले सुनाए । उनले भने,‘प्रनेशका बुवा–आमासँगको कुराकानीमा मैले सोमबारसम्म छुटाउँछु पनि भनेकै हो, तर मिम नेपालका साथीह? आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारह?को चित्त दुखाउनुभयो । त्यही भएर एक–दुई दिन बसोस् भनेर छोड्यौं ।’
निर्देशक चाम्सले प्रनेशले अहिले आएर आफ्नो गल्ती स्वीकार गरिसकेकोले उनलाई छुटाउनको लागि आफूले प्रक्रिया सु? गरेको पनि जानकारी दिए । उनले भने,‘प्रनेश छुटिसकेपछि मेरो तर्फबाट उसलाई गर्नुपर्ने सहयोग पनि म गर्न तयार छु ।’ प्रनेश कमेडियन भएको नाताले आगामी दिनमा यही फिल्डमा आउन चाहे आफूले सहयोग गर्नेपनि उनले वचनबद्धता व्यक्त गरे । चाम्सले थपे,‘मैले यो कुरा प्रनेशको बुवा–आमालाई भेटेरै पनि वचन दिएको छु।’
प्रनिसद्वारा प्रयोग गरिएका मानहानीसम्बन्धी शब्द, चरित्र हत्या, रंगबिरोधि र जनजाती समुदायमा आघात पु¥याउने शब्दको प्रयोग गरिएको कारण भोलिका दिनमा यस्ता प्रयास अ? कसैबाट कसैमाथी नहोउन् भन्ने सन्देश दिन आफूह?ले प्रयत्न गरेको उनको भनाई छ ।
समिक्षामा अपशब्द प्रयोग गरिएको कारण त्यस्तो शब्द तथा चरित्रमाथी सम्पुर्ण नागरिकको ध्यान केन्द्रीत भएको जनाउदै त्यस्ता अपशब्दले बालबालिका तथा पेशागत सबैको मनोभावनामाथि आघात पुग्न जानेतर्फ पनि उनले ध्यानाकार्षण गराए ।
मेमेसंगको आफ््नो कुनै रिसिईबी तथा आक्रोशको आधारमा लडाई नरहेको बताउदै स्रष्टामाथि गरिएको चरित्र हत्याप्रति आफूह?को गम्भिर ध्यानाकर्षण भएको चाम्सको दाबी छ ।
समिक्षाकै क्रममा प्रनेशले खलाँसी, ड्राइभरको काम गरि आफ्नो जिविका चलाउनेह?को पेशाकर्मीमाथी आघात पु¥याउने कुरा गरिएकोप्रति आफ्नो आपत्ति रहेको पनि चाम्सले सुनाए । उनले थपे,‘केही संचार माध्ययमह?मा चलचित्र समिक्षा गरेकै आधारमा प्रक्राउ गरियो भन्ने कुरा हल्लामात्र हो, त्यसभित्रको वास्तविकतामा सबैको ध्यान पु¥याउन आवश्यक छ ।’
आफुले प्रनिसलाई ‘साइवर–क्राइम’मा फसाउन खोजेको भन्नेबारे खण्डन गर्दे उनले प्रनेशले आफ्नो गल्ती स्विकार गरिसकेका कारण पनि चाँडै नै हिरासतमुक्त गराउन पहल भैरहेको स्पष्ट पारे । उनले आफुह?को कुनै युट्युव च्यानलमाथि पुर्वाग्रह नरेकोपनि प्रष्ट पारेका छन । उनले थपे,‘यो कुनै व्यक्तिगत लडाई पनि होईन ।’
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले अन्याय परेको मान्छेले आवाज उठाउन पाउनुपर्ने जिकिर गरेका थिए । त्यस्तै, नेपाल निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, सञ्चारकर्मी नरेश भट्टराई र र गायक तथा संगितकार कालिप्रसाद बाँस्कोटाले आ–आफ्नो धारणा राखेका थिए । उनीह?ले चलचित्रको बारेमा समिक्षा गर्न पाईने भएपनि व्यक्तिलाई लक्षित गरेर जात, रंगको आधारमा विभेद गर्न नपाईने धारणा राखेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार  ८ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।