९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अव गिम्दीमा पनि होमस्टे


३० जेष्ठ २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
३० जेठ ०७६, गिम्दी । ललितपुरको सुदुरदक्षिण भेगमा रहेको गिम्दीमा सामुदायिक होमस्टे संचालनमा आउने भएको छ । मगरगाँउ सामुदायिक होमस्टेका अध्यक्ष अमिरकुमार थापाका अनुसार स्थानीयबासीले पुर्वाधार निर्माणसँगै दर्ता प्रकृया अघि बढाईरहेका छन् ।
होमस्टे सञलनका लागि भुकम्पअघि नै ११ सदस्यीय समिती बनाइएको थियो । त्यसताका राजधानीका विभिन्न कलेजका विद्याथीहरु मगरगाँउमा बसेका थिए । तर भुकम्पले घर भत्काएपछि होमस्टे सञ्चालन हुन सकेको थिएन ।


होमस्टे सञ्चालनको लागि घर,बगैचा,गोरेटो र शौचालयलगायतको संरचना निर्माण भइरहेको अमिरकुमारले बताए । उनले भने,‘गाँउपालिकाको छुट्याएको १ लाख बजेटबाट अहिले ढुंगा छापिएको गोरेटो बाटो निर्माण भइरहेको छ ।’ हाोमस्टेको अन्य संरचना निर्माणमा गाँउलेलाई आइसिडी नामक संस्थाले सहयोग गरिरहेको छ । यहाँ होमस्टे संचालनका लागि योग्य ३५ घर धुरी छन् ।
स्थानीयहरु यही असोजबाट सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेका छन् । मगर समुदाय रहेको यस गाँउमा मगर रिजीरिवाज र चाल चलन झल्कने गतिविधिहरु देखाउने योजना रहेको स्थानीयहरु वताउछन् । होमस्टेमा आउने पाहुनाहरुलाई सास्कृतीक कार्यक्रम देखाइनेछ । यहाँको प्रमुख आर्कषण मारुनी नाच हो । मगर समुदायको भेषभुसा रहनसहन रितीरिवाज झल्काउने विविध कृयाकलाप देखाउने सास्कृतिक संग्रालय निर्माण गर्ने अवधारण रहेको एक स्थानीयले बताए ।


होमस्टेमा मगर समुदायहरुको परिकारहरु पनि चाख्न पाइनेछ ।
पृथ्वीनारायण शाहसँगै राजधानी जितेपछि गोरखाबाट मगर समुदाय पनि राजधानी पसेको इतिहास छ । यहाँका मगर जातीहरु काठमाडौं आएपछि ललितपुरको शंखुमा बसेको र पछि गिम्दी आएको जनश्रृति छ ।


वागमती गाँउपालिका ७का वडाध्यक्ष नवराज सञ्जेलले होमस्टे सञ्चालनका लागि मगर सास्कृतिक भवन र संग्रालय गायतका संरचना निर्माणका लागि योजना बनाइरहेको वताए ।
उनले भने,‘ गिम्दीबाट चमेरे गुफा जाने पदमार्ग विकाश गर्न लागेको कारण पनि होमस्टे संचालन आवश्यक छ ।’ यहाँ कफीको राम्रो सम्भावना रहेको कारण पनि कफीलाई पर्यटनसँग जोडेर हेर्नु पर्ने तर्क सञ्जेलको तर्क छ ।
होमस्टे संचालनका लागि आवश्यक तालिम, होमस्टे संचालन भएका विभिन्न ठाँउहरमा अवलोकन भ्रमण कार्यक्रममा वडा कार्यलयले सहयोग गर्ने याोजना रहेको वडाध्यक्ष नवराज सञ्जेलले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  ११ : ४७ बजे