३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रजातन्त्र मेलामा कांग्रेस उपसभापति निधि


३१ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
३० जेठ ०७६, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् ।
डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित डा. मीनेन्द्र रिजाल, चित्रलेखा यादब र बिनोद भट्टराई डेनमार्कतर्फ लागेका हुन् ।
प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभबबारे अध्ययन भ्रमणका सहभागीहरुलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका बिभिन्न मुलुकबाट नेताहरुको सहभागिता रहनेछ ।
डीआइपीडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।
नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।
प्रजातन्त्र मेलामा सहभागी भएपछि कांग्रेस उपसभापति निधिसहितका नेताहरु बिश्वभर छरिएर रहेका नेपाली कांग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन् । बिभिन्न ३३ देशका महाधिबेशन प्रतिनिधिको सहभागिता रहने त्यस कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, बिश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाब, बिश्वको बदलिंदो राजनीति, दक्षिण एसिया र नेपाल, समाजबादको युरोप अनुभबको आलेकमा नेपाल बिषयमा अन्तरक्रिया कार्यक्रमको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ४ : ४१ बजे