लपु संवाददाता
३१ जेठ ०७६, रत्नपार्क । मान्छेहरुको भीडमा एउटा युवक चित्र बनाइरहेको छ । उसको हात छैन । तैपनि कलम च्यापेका छ । खुट्टा छैन । वैशाकी देखिन्छ सँगै ।
यो दृश्य हो, काठमाडौंको रत्नपार्क सडकको । उनी हुन् भारत समस्तीपुरका आनन्द पासवान।
उनलाई भगवानले हात दिएनन् । खुट्टा त दिए । तर एउटा मात्रै ।
उनी गरिव परिवारमा जन्मिए । उनकी आमा सडकमा माग्थिन् । उनी सडकमै जन्मे,हुर्के ।
भागवान पनि कति निष्ठुरी । उनकी आमा विरामी परिन् । पाटन अस्पताल लैजादा थाहा भयो । उनलाई पत्थरी भएको रहेछ ।
आजकल उनी उपचार गराई रहेका छन् । ‘महिनाको १४÷१५ हजार खर्च हुन्छ ।’ अध्यारो अनुहार लगाएर उनी भन्छन् ।
२ वर्षका थिए पासवान । एक दिन उनले सडकमा सिन्का उठाएर चित्र बनाए । उनले चित्र बनाएको देखेपछि उनलाई आमाले कलम र कपी किनेर दिइन् ।
चित्र बनाउदा सडकमा हेर्नेको भीड लाग्थ्यो । त्यो भीडबाट मान्छेले पैसा खसाल्न थाले । उनले कला देखाएरै कमाउन थाले ।
हात छैन, खुट्टा छैन पासवानको । तर पनि उनले माग्ने बाटो रोजेनन् । बच्चैदेखि उनले चित्र कोरे । आफ्नो कला देखाए । भीडबाट धैरैले पैसा खसाल्न थाले ।
उनको हात छैन तर पनि चित्र कोर्दा मसी लत्पदिदैन । चित्र विग्रिदैन । यो कसरी भयो धेरैको प्रश्न भूईमा खस्न नपाउदै उनी भन्छन्,‘सरस्वती माता मेरो हातमा आएर बसेको छिन जस्तो लाग्छ ।’
उनी २ वर्षदेखि सडकमा बसेर निरन्तर चित्र कोरिरहे । ‘त्यसैले आज राम्रो चित्र बनिरहेको छ ।’ चित्र देखाउदै उनी भन्छन् ।
उनको चित्र २४० महँगो भन्ने पनि भटिए । हजार दिएर खुशी हुँदै लैजाने पनि आए उनको चित्र किन्न । काँही चित्र किन्छन् । दिनभरीमा ५÷६ वटा चित्र बनाउछन् । मूल्य २४०
प्रर्दशनीमा उनको एउटा वाटर कलरमा चित्र ३५ हजारमा विक्यो । उनी धेरै खुशी भए । उनको चित्र ७÷८ पल्ट ग्यालरीमा झुण्डिसकेको छ ।
उनले चर्चित आर्टिस्ट किरण मानन्धर अरुणा हिमालसँगै गु्रप एक्जिविशन पनि गरिसकेका छन् ।
उनले वाल्यकालमा स्कूलका कक्षा कोठा देखेनन् । कोठामा बस्दा साथीहरुसँग पढे । २ महिना मात्रै ट्युसन लिएका छन् । तर पनि पढ्न लेख्न सक्छन् । नेपाली र अंग्रेजी दुवै ।
उनले विहे पनि गरिसके । उनकी जहान सवल छिन् । घरधन्दा गर्छिन । खुशी हुँदै सुनाए ।
प्रतिक्रिया