लपु संवाददाता
१ असार ०७६,ललितपुर । ललितपुरको विशंखुनारायणमा प्राविधिक शिक्षालय’ स्थापना हुने भएको छ । शनिबार ललितपुरका सासंद नवराज सिलवालले शिक्षालयको शिलान्यास गरे । यहि आर्थिक वर्ष २०७५र०७६ को बजेटबाट प्राविधिक शिक्षालय स्थापनाका लागि रु. १ करोड वजेट छुटयाएर गोदावरी नगरपालिकाले काम अघि बढाइएको वताइएको छ ।
प्रविधिक शिक्षालय निर्माणका लागि रु. बीस करोड लाग्ने अनुमान छ । १६ रोपनीसम्म क्षेत्रफलमा फैलिएको शिक्षालयमा चार तले मुख्य भवन,कम्प्युटर ल्याव,प्रशासनिक भवन,चमेना गृह,सभाहललगायत रहनेछ ।
शिलान्याश कार्यक्रममा प्रदेश सासंद लालकुमारी पुन,गोदावरी नगरका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीको पनि सहभागिता थियो ।
प्रतिक्रिया