९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुठी विधेयकको विरोधमा राजधानी बन्द


१ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
१ असार ०७६, ललितपुर । विभिन्न हिन्दु धर्मसँग सम्बन्ध राख्ने संघ संस्थाहरूले यहि असार १० गते गुठी विधेयकको विरोध गर्दै नेपाल बन्दको घोषणा गरेका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्व हिन्दु युवा संघ अन्तर्रािष्ट्रय समितिले विधेयकको विरोधमा उपत्यका बन्द आह्वान गरिएको जानकारी दिएको हो
समितिका महासचिव रोशनजंग बस्नेतले दिएको जानकारी अनुसार विधेयकको विरोधमा विधेयकको विरोधमा नेपाल बन्दसँगै अन्य थ्प्रै कार्यक्रमहरु घोषणा गरिएको छ । असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा भएको छ ।
असार २ गते विधेयक फिर्ता लिन माग गर्दै देशैभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते विधेयकको विरोधमा पशुपतिनाथ मन्दिरमा विरोधसभा आयोजना गर्ने, असार ४ गते देशभरिका सबै मठमन्दिरमा १० मिनेटसम्म घण्टा बजाउनेलगायतका कार्यक्रम छन् । असार ५ गते काठमाडौंको वसन्तपुरमा विरोधसभा आयोजना गर्नेकार्यक्रम छ भने असार ७ गते गुठीसँग सम्बन्धित संद्द संस्थासँग अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले मुलुकको धर्म र संस्कृति नै नष्ट हुने गरी आएको आरोप लगाए । उनले भने, ‘विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रन्छौं ।’

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : १० बजे