३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अन्तरिक्षमा नेपालको भू उपग्रह छाडिने


२ असार २०७६, सोमबार  

0
Shares


असार २ ०७६,काठमाडौं । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट १ ले आज (असार २ गते)देखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले आजदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो ।

नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम गएको जेठ २७ गते नै सकिएको थियो । नेपाली समयानुसार आज भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

नाष्टको श्रोतागण कक्षबाट आज १२ बजेदेखि कार्यक्रम सुरु हुनेछ । भूउपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ । ढकालले भने, ‘जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था जाक्साका दुई जना विज्ञ नेपाल आउने आएका छन् ।’ आज २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट १ त्यसपछि श्रीलंकाको रावन १ अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुनेछ ।

डेढ महीनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ । जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले बताए । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुनेछ । सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । तस्विर ः नासा

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ८ : २८ बजे