३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेसले ग¥यो संसद अवरुद्ध


३ असार २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३ असार ०७६, काठमाडौं । मंगलबारको बसेको संसद बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलिलाई बोल्न समय दिएपछि रोष्टम पुगेका प्रधानमन्त्री बोल्न लाग्दा नेपाली काँग्रेसका सासंदहरु वेल घेर्न पुगेका थिए । नारावाजीको विच प्रधानमन्त्रीले संसदलाई सम्बोधन गरे ।


संसद बैठक शुरु हुनासाथ प्रधानमन्त्री बोल्ने कार्यसूचि थियो । सर्वत्र विरोध भइरहेको गुठी विधेयकको सन्दर्भमा प्रधानमन्त्री ओलिले विशेष घोषणा गर्ने अपेक्षा थियो ।
काँगे्रसका सभासदहरुले संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहेको सुनिन्थ्यो । काँग्रेसले सार्वजनिक महत्वको विषयमा पहिले बोल्न दिनु पर्ने माग गरेको थियो ।
लगातार संसद अवरुद्ध गरेपछि सभामुख महराले संसद बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित गरे ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  १२ : ४२ बजे