१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


यस्ता छन् ललितपुरमा राजगुठी


६ असार २०७६, शुक्रबार  

0
Shares


शैलेन्द्र पौडेल
संस्थानले हेर्ने राजगुठी हो । यहा ललितपुरमा राजगुठी, सार्वजनिक गुठी,
छन् । राजगुठीतर्फ ललितपुरमा जग्गा गुठी रैतान नम्बरी ६ हजार रोपनी,अधिनस्त जग्गा ३ हजार रोपनी,गुठी तैनाथी ५ सय रोपनी जग्गा छ । संस्थान मातहत मठ मन्दिर र देवस्थलहरु ५० देखि ६० वटा छन् । गुठी संस्थानको लगतमा भए अनुसार ललितपुरमा १८४ वटा जात्रा पर्वहरु मनाइने गरिन्छ । गुठी संस्थानको आम्दानी १ करोड ५० लाख हुन्छ । भने खर्च पनि उत्तिकै हुन्छ ।
तैनाथी जग्गा भनेको गुठी संस्थानको पूर्ण भोगाधिकार भएको जग्गा हो यो जग्गामा कसैको पनि मोही लाग्दैन । अधिनस्त जग्गामा मोही लागेको हुन्छ । रैतान नम्बरी जग्गा रैकर सरहको जग्गा हो । रैतान नम्बरी जग्गाको कर तिर्न गुठी संस्थान आउनु पर्छ भने रैकर जग्गाको मालपोतमा तिर्न जानु पर्छ ।
गुठी संस्थानको आम्दानी भनेको राजगुठीका जग्गाबाट उठ्ने आयस्ता हो । तैनाथी जग्गाबाट भाडा, वहाल लिइन्छ । अधिनस्त जग्गाबाट गुठी संस्थानले कुत वाली लिने गर्दछ । अधिनस्त जग्गामा मोहीले घर बनाउन चाहेमा घर निर्माण स्वीकृती वापत दस्तुर उठ्छ । रैतान नम्बरीको मालपोल पनि गुठी संस्थानले नै उठाउछ । दाखा नामसारीको पनि शुल्क उठ्छ । अधिनस्त जग्गामा बाटो खुलाउदा क्षतिपूर्ति पनि गुठी संस्थानले उठाउने गर्दछ । जग्गा नाप जाँच गर्दा जग्गा बढे रैव वर्ड भनेर थप शुल्क उठ्छ ।


नगर क्षेत्रमा मात्रै गुठीका जग्गामा छन् । धेरै जग्गा बुङ्गमती, खोकना क्षेत्रमा धेरै गुठीका जग्गा छन् । गाँउ क्षेत्रमा चाही गुठीका जग्गा छैनन् ।
गुठीका जग्गाका मोहीले स्वीकृती लिएर घर बनाउन पाउछ । बेच्न पाउछ । चाहेको बखत धितो बन्दकी राख्न पाउछ । मोहीले जग्गामा सबै खाले भोगाधिकार पाउछ ।
परापुर्व कालमा मन्दिर वा जात्रा पर्व चलाउनका लागि दानविरहरुले दिएको जग्गाबाट आउने कमाईबाट पर्व चलाउने काम गुठी मार्फत भइरहेका छन् । गुठीको जग्गा वा सम्पती खानु हुदैन देवस्व लाग्छ भन्ने मान्यताले आजसम्म गुठीका सम्पती जस्ताको तस्तै रहे । तर पछिल्लो पुस्तामा केही विचलन आएको देखिन्छ । गुठीको सम्पतीमा गिद्दे नजर लगाउने गुठी सम्पती मास्ने खाने प्रचलन बढ्न लागेको छ ।
गुठीको धार्मिक सास्कृृतिक काममा जिम्मेवार व्यक्तिहरु नै काममा नलाग्दा विभिन्न पर्व चलाउन मुस्किल पर्न थालेको छ ।
पछिल्लो दिनमा परम्परागत काम गर्ने कालिगढहरु पाउन कठीन पर्न थालेको छ । पुराना पुस्ता अस्ताउदै जाँदा परम्परागत काम नजान्दा काम गर्न नै कठीन अवस्था पनि आइरहेको अवस्था छ ।
ललितपुरको धेरै सम्पती भएको गुठी मच्छिन्द्रनाथको गुठी हो । यो गुठीबाट बार्षिक खर्च नै ५० लाख हुन्छ । दोश्रो ठूलो गुठी हेग्री भैरव, रुद्रायणी,हरिसिद्दि भवानी,ठेचो नवदुर्गा,रुद्रायणी , जगतनन्द प्रकाशेश्वरलगायत ललितपुरमा ३ सय जति गुठी छन् ।
परम्परागत रथ बनाउने काम सिटिइभिटीबाट तालिम दिने व्यवस्था गराउने, गुठी र पर्वबारे पाठ्यपुस्तकमा राख्नेजस्ता काम गर्न जरुरी देखिएको छ । परम्परागत वाजागाजा संरक्षणसँगै बजाउन सिकाउने काम पनि गुठी संस्थानले गर्नु पर्ने अवस्था आएको छ ।
पाटनमा हुने घोडेजात्राका लागि यहाँकै स्थानीयले घोडचढी तालिम आवश्यक पर्छ । यहाँका स्थानीयले नेपाली सेनाको क्याभलरीमा घोडचढी तालिम लिएर आएका पनि छन् ।

गुठी संस्थानका ललितपुरका प्रमुख पौडेलसँग कुरकानीमा आाधारित

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १० : ३८ बजे