३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लहानमा ट्रक दुर्घटना ३ को मृत्यु, दर्जनौं घाईते


१७ असार २०७६, मंगलबार  

0
Shares

महेश सिंह महतो
१७ असार ०७६,लाहान । सिरहाको लहान नगरपालिकास्थित पड्रिया चौकमा अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिदा दुई महिलासहित ३ जनाको मृत्यु भएको छ । एकको अबस्था गम्भीर रहेको छ । म्याजिकमा चढेका दर्जन बढी यात्रु घाईते भएका छन् ।
पुर्वबाट पश्चिम जाँदै गरेको ना.१ ज. ७४५४ नम्बरको म्याजिक भ्यान पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह १ बजेतिर पछाडीबाट ठक्कर दिदाँ म्याजिक चढेका सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगना नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।


दुर्घटनामा अन्य १५ जना घाईते भएको र घाईतेहरुलाई उपचारको लागि लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  १० : ४३ बजे