ललितपुर खबर फोटोग्राफी
देशको राजधानीको महानगर काठमाडौंको मीनभवन मिलनचोक सडक आजकल हिलाम्मे छ । यही सडक भएर हजारौं सर्वसाधारण आउजाउ गर्नुपर्ने बाध्यता छ । तर बर्षेभेल र असारे विकाशको प्रभावले हिडडुल गर्न मुस्किल छ ।
नयाँ अर्थिकवर्षअघि नै योजना सक्न छिटो छिटो डोजर लगाएर सडक खन्दै ढल राखिएको हो । काम सकाउने असारे विकाशको परिवन्दले सर्वसाधारणलाई सास्ती छ ।
सडक निर्माण शुरु भएपछि यहाँ ट्राफिक ड्राइभर्सन पनि गरिएको छैन । सडक निर्माण भएतिर दिनहुँ सयौं सवारीसाधान हुइकिन्छन् । तर बाटो नदेख्दा फर्केर जानेपर्ने अर्को बाध्यता छ ।
हेरौं ललितपुर खबरको लेन्सबाट देखिएका केही दृश्य ः
प्रतिक्रिया