३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शुल्क वृद्धि फिर्ता लिन नेविसंघको दवाव


८ श्रावण २०७६, बुधबार  

0
Shares

८ असार ०७६,काठमाडौं । नेपाल विद्यार्थी संघले शिक्षण संस्थाहरुले बढाएको चर्को शुल्क फिर्ता गर्न माग गरेको छ । ३७औं विपि स्मृतिको अवसरमा निजि शिक्षण संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि र नेविसंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ शिक्षाविदहरुले वर्तमान शिक्षा नितिप्रति चर्को आक्रोस व्यक्त गरे ।
शिक्षा गुणरस्तरिय, व्यवहारिक र सर्वसुलभ नभइकन देशको विकास हुन नसक्ने दावि गरे । चर्को शुल्क असुल्ने निजि शिक्षण संस्थाहरुलाई सरकारले नियमन गर्न नसकेकोमा सरकारको आलोचना गरे । समग्रमा राजनीतिमा माफियातन्त्र हावि भएकोले शैक्षिक माफियाहरुले सोझा जनतामाथि व्रम्हलुट गरेको ववक्ताहरुले वताए । शैक्षिक शुल्क वृद्धिको विरुद्धमा नेविसंघ चरणबद्ध आन्दोलनमा उत्रिएको छ । सो कार्यक्रमका पूर्वअर्थमन्त्री डा. रामशरण महतले शिक्षा व्यवसायिक, व्यबहारिक, गुणस्तरिय हुनुपर्ने वताए । काँग्रेसकै कारण नेपालमा शिक्षालाई जनताको पहुँचसम्म पु¥याएको दावी गरे । नेपालमा एउटा मेडिकल कलेज रहेकोमा हाल चौध वटा मेडिकल कलेज र निजि शिक्षण संस्थाको अवधारणा काँग्रेसके भए पनि हाल ने.क.पा.ले शिक्षण संस्थामा व्रम्हलुट गरेको दावि गरे । समाजको तिव्र विकासको लागि प्राविधिक शिक्षाको विकास गर्न जोड दिनुपर्ने वताए ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले समय सापेक्ष गुणस्तरिय शिक्षाको लागि सरकारको ध्यान जानुपर्ने वताए । शिक्षा व्यबहारिक, गुणस्तरिय र सर्वसुलभ नभएकै कारण देश विकास हुन नसकेको ठोकुवा गरे । स्कुल तहदेखि विश्वविद्यालयसम्म शैक्षिक अराजकता मौलाएको भन्दै यसलाई खवरदारी गर्न नेविसंघलाई सुझाव दिए । नेविसंघका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले चर्को शुल्क लिने स्कुल कलेज विरुद्ध आन्दोलनमा जान नेविसंघलाई सुझाव दिए । गलत शिक्षा नितिका कारण देशमा भ्रष्टाचार बढेको वताए । अर्का वक्ता गोविन्द पोख्रेलले शिक्षा गुणस्तरिय र व्यवहारिक हुनुपर्नेमा जोड दिए ।
शिक्षाविद विद्यानाथ कोइरालाले सम्पुर्ण शिक्षाको जिम्मा राज्यले नलिएसम्म शैक्षिक क्षेत्रको वेथिति नरोकिने वताए । पार्टिकै नेताहरुको स्कुल कलेज हुनु, निति निर्माणमा तिनिहरु बस्दछन् कहाँबाट हुन्छ सुधार ? निजि शिक्षण संस्थाहरुको वेथिति रोक्न नेविसंघ लाग्नुपर्ने वताए
राजनीतिक विश्लेषक तथा शिक्षाविद डाक्टर सुरेन्द्र केसिले मुलुक बनाउने शिक्षा पैसामा खरिद विक्रि भएको कारण देश विकास हुन नसेको दावि गरे । शिक्षण संस्थाको वेथितिको विरुद्ध नेविसंघलाई रचनात्मक आन्दोलन गर्न सुझाव दिए । कार्यक्रममा नेविसंघका नेता मोतिलाल भण्डारीले चर्को शुल्क वृद्धिको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका थिए । कार्यक्रमको सभापति नेविसंघका नेता लिलावल्लभ दाहाल काका थिए भने सो कार्यक्रमको संचालन विद्यार्थी नेता मनोहरि श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ३६ बजे