३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मनसुनपछि १ सय ११ को मृत्यु


१० श्रावण २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
९ असार ०९६, काठमाडौं । मनसुनपछि देशभर १ सय ११ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा ४० जना नेपाली अझै हराई रहेको तथ्य छ । घाइतेको संख्या भने ६७ जना मात्रै छ ।
धेरै मृत्यु हुने जिल्लामा गुल्मी पहिलो नम्बरमा छ । यहाँ १३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । रौतहट भने १० जनाले ज्यान गुमाएको रिपोर्टमा उल्येख छ । बाढीबाट ५८ जनाले र पहिरोबाट ४५ जनाले ज्यान गुमाएका छन् ।
ललितपुर ६ र सिराहामा ७ जनाले ज्यान गुमाएका छन् । धनुषा, सिन्धुली, मकवानपुर र भोजपुरमा ५, महोत्तरी, ओखलढुङ्गा, मोरङ लमजुङ र डोल्पामा समान ४ जनाको ज्यान गएको छ ।
बाढीपहिरोमा परेर पर्सा, खोटाङ, झापा, काठमाडौँ, काभ्रेमा ४, धादिङ, सुनसरी ,दाङ र बारामा २ जनाको मृत्यु भएकोे छ । पाँचथर, सङ्खुवासभासर्लाही, उदयपुर, रामेछाप, सिन्धुपाल्चोक, इलाम, पश्चिम नवलपरासी, पाल्पा, बाग्लुङ, कपिलवस्तु र रोल्पामा १ जनाको मात्रै ज्यान गएकोो गृह मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ८ : १२ बजे