३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज घण्टाकर्ण पर्व धुमधाम मनाइदै


१४ श्रावण २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
१४ साउन ०७६, ललितपुर । आज साउन कृष्ण चतुर्दसीका दिन राजधानीमा घण्टाकर्ण (गथांमुग) पर्व धुमधामसँग मनाउदै छन् । घर घरबाट भूत भगाउन यस पर्वमा मनाउने मान्यता छ । यो पर्वलाई गठेमङ्गल पनि भन्ने गरिन्छ ।
आज बिहानै घर नजिकको कुनै महादेव मन्दिरबाट शुद्ध पानी(जल)ले अभिषेक गरिएको छ ।
घर परिवारलाई भूतप्रेतबाट मुक्त गर्न राजधानीका नेवार समुदाय काँचो माटोको कतारोमा कर्कलो, आरुको बोटको हाँगा र छ्वाली बालेर दोवाटो चौबाटोमा लगेर राख्ने प्रचलन छ । गथांमुगको दिन घरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वाँख र तीन खुट्टे फलामे किला ठोक्ने चलन छ ।
गथांमुग पर्व विशेषतः भक्तपुरमा विशेष रुपमा मनाइन्छ । आज नेवार समुदायहरुले अश्लिल शब्द बोल्न छुट रहेको रहेको मान्यता छ ।
घर नजिकको दोबाटो वा चौवाटोमा रातको समयमा राँको बालेर भूत भगाउने चलन छ । पुतला प्रतिमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो बालेर तान्दै खोलाससम्म लगिन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसको पुतला जलाइन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ०१ बजे