३० साउन ०७६, ललितपुर । साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको बिहीबार बिहान कालिकास्थानस्थित आफ्नै घरमा निधन भएकोे छ । ९७ वर्षको उमेरका दीक्षित निमोनियाका कारण थलिएका घरमै आराम गरिरहेका थिए ।
उनको जन्म वि.सं. १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा भएको थियो । उनी नेपाली पत्रकारितासँगै साहित्य साधनामा तल्लिन थिए । उनको चर्चित ग्रन्थ माधवीले २०३९ सालमा मदन पुरस्कार पाएको थियो ।
३० श्रावण २०७६, बिहिबार
0
Shares
प्रतिक्रिया