३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछाने पक्राउ


३० श्रावण २०७६, बिहिबार  

0
Shares


३० साउन ०७६,काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरु दुबैलाई प्रहरीले न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको हो ।
प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई पनि कलंकीबाट पक्राउ गरेको थियो ।
उनीहरु पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान गर्नका लागि भन्दै नियन्त्रणमा लिएको प्रहरीलको प्रहरीको भनाई छ ।
चितवनको एक होटलमा मृत भेटिएका उनका पूर्वसहकर्मी पुडासैनीले मृत्यु अघि खिचेको नेपाल आज अनलाइन समाचार पोर्टलबाट बाहिरिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।
पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई समातेको हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।

गतसाउन २२ गते चितवनस्थित एक होतलबा बास बसेका पुडासैनीलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ९ : ५७ बजे