३० साउन ०७६, चापागाँउ । राजधानीका पोखरीमा कहिं कतै कमलको फूल फुलेको देख्नु भएको छ ? छैन होला ।
यो दुर्लभ दृश्य चापागाँउ र ठेचोका सिमाना रहेको एउटा पोखरीमा देख्न सकिन्छ । एकै पल्ट जहाँ दर्जनको संख्यामा ढकमक्क कमलका फुलहरु फुलिरहेका छन् ।
सामान्यतया ः काठमाडौंमा कमलको फूल देख्न मुस्किल पर्छ । तातो मौसम रहेको तराई मधेसतिरका पोखरीमा भने जहाँ त्यही फूलहरु देखिन्छन् ।
ठूला कमलका फूल फुल्दा पोखरी नै मनमोहक देखिएको छ । पोखरी सँगै रहेको योग सेन्दरमा हरेक विहान झिसमिसेमै आउने आगन्तुक पोखरीको कमलका फूलहरु हेरेर मख्ख पर्छन् । साथै पोखरीमा रातो रंगको लेउ लागेर पोखरी नै राताम्मे भएको छ ।
प्रतिक्रिया