३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ऋणको विरोधमा माईतीघरमा धर्ना


१० भाद्र २०७६, मंगलबार  

0
Shares

१० भदौ ०७६, काठमाडौं ।१० भदौ ०७६, काठमाडौं । आफूले लिएको ऋणमा किर्ते गरेको आरोप लगाउदै राजधानीमो माइती घरमा ऋणीहरुले धर्ना दिने भएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ऋण लिनेहरुले गठन गरेको संघर्ष समितिले यस्तो घोषणा गरेको हो ।

सर्लाहीले सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारले सर्लाहीलगायत विभिन्न ठाउँका सोझासिधा गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने क्रममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग फरक–फरक कागज गराउने, ऋण लिएको रकमभन्दा दशौं गुणा बढिको कागज गराउनेलगायत अन्याय र शोषण गरेको आरोप लगाउदै श्याम परदेशी पीडित संघर्ष समिति गरी बुधबार काठमाडौंको माईतीघर मण्डलामा धर्नामा बस्ने भएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले यस्तो घोषणा गरेको हो । पीडितहरुलाई न्याय दिलाउनको लागि संघर्ष समितिले प्रमुख दलका प्रमुख नेताहरु, गृहमन्त्री, कानूनमन्त्री, महान्यायाधिवक्ता, सभामुख र प्रमुख पार्टीका संसदीय दलका कार्यालयहरुमा पत्र बुझाउने जानकारी दिएको छ ।
समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘सोझासाझा गरिबहरुले लिएको ऋण तिरपेपछि सबै कागज च्यातिदिई हाल्छु भन्ने तर कागज नच्याती साुह शाम परदेशीले झुक्याएर गरेका सबै कागजको एकमुष्ट साँवा ब्याज दाबी गरेपछि ऋणीहरु आपतमा पर्ने र त्यस्तो बखत घरका जवान महिलाहरुलाई साँझ पठाईदिए ब्याज मिनाह गर्नेलगायतका प्रस्ताव राख्ने, कतिपय ऋणीलाई ऋण–ब्याज बुझाउन घरमा जाँदा हातपातको प्रयाससमेत गर्ने गरेको, उसले भनेको कुरा नमान्दा अदालतमा लेनदेनको मुद्दा हालि केहीलाई अहिले थुनामा राखेको छ ।’
समितिका अनुसार हालसम्म आफूहरुसँग जोडिएका १५० जना व्यक्तिले लिएको बास्तविक ऋण एक करोड ९ लाख ५१ हजार साँवा हो । विभिन्न पटक १ करोड ४७ लाख ४ हजार तिरिसकेको छ । अझैपनि ७ करोड तिर्नुपर्ने भन्दै दाबी गरेको छ । जुन कुरा झुठो रहेको दावी गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ९ : ०७ बजे