८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भदौ १३ र १४ फस्ट अल नेपाल प्रतियोगिता हुने


१२ भाद्र २०७६, बिहिबार  

0
Shares

११ भदौ ०७९, काठमाडौं । नेपालक्योकुशिन–कान कराँते संघले यहीभदौ १३ र १४ गते पोखरा रंगशालाको कभर्ड हलमा ‘फस्ट अल नेपाल ओपेन फूल कन्ट्याक्ट कराँते टुर्नामेन्ट–२०१९’ गर्ने भएको छ । संघले उक्त प्रतियोगिता सञ्चालन गर्न पाउनु आफ्नो लागि खुशी र गौरवको कुरा भएको बताएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले उक्त प्रतियोगिताको बारेमा जानकारी गराएको हो । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो संघको आयोजनामा विभिन्न १७ वटा फुल कन्ट्याक्ट कराँते संघहरु तथा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि तीन वटै विभागीय टिमसहित कुल १० टिमले सहभागिता जनाउने यस प्रतियोगितामा महिला र पुरुष गरि जम्मा १४ तौल समूहमा विभाजन गरिएको छ ।’
संघका महासचिव तथा ब्रान्चचिफ राजेन्द्र सुवेदीका अनुसार हरेक टिमले एउटा तौल समूहमा एक जना मात्रै खेलाडी प्रतिष्पर्धामा सहभागी गराउनेछन् भने कुल २७६ जना प्रतिष्पर्धी खेलाडीहरुले भाग लिनेछन् । त्यसैगरी, विभिन्न २६ संघका ३६ रेफ्रीले आफ्नो निर्णायक भूमिका निर्वाह गर्ने पनि उनले जानकारी दिए ।
संघका अनुसार उक्त प्रतियोगिता नेपाली कराँते जगतकै सबैभन्दा ठूलो प्रतियोगिता हुनेछ । विभिन्न फुल कन्ट्याक्ट संघहरु र विभागीय टिमलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सञ्चालन गर्नु आफैंमा चूनौतिको विषय भएपनि सबै १७ संघका नेपाल प्रमुखहरुबीच सम्झौताभई यस्तो महान प्रतियोगिता आयोजना गरिनु नेपाली खेलकुद क्षेत्रको लागि नै सद्भाव र सहकार्यको उत्कृष्ट उदाहरण हुने पनि संघको विश्वास छ ।
विज्ञप्तीमा थप भनिएको छ,‘यस प्रतियोगिताले नेपालको राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानमा थप उर्जा मिल्ने कुरामा हामी विश्वस्त छौं । आगामी वर्षहरुमा पनि यसैगरि फुल कन्ट्याक्ट प्रतियोगिता सञ्चालन हुने कुराम ाकुनै दुई मत छैन भन्ने कुरा हामी निर्धक्कको साथ भन्न सक्छौं । किनकी यो मलेमिलाप गहिरो अध्ययन पछि निस्किएको निचोड हो ।’

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार  ५ : ५९ बजे