३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डेंगु विरामीको निःशुल्क उपचार गर्छौं ः मन्त्री यादव


१४ भाद्र २०७६, शनिबार  

0
Shares

१४ भदौ, ०७६ काठमाडौं, । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । रिपोटर्स क्लवले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले भने,‘यसको उपचारको लागि सरकार पूर्वतयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँ पनि उपचारको लागि पैसा लाग्दैन्। यसबाट कसैको पनि मृत्यु हुँदैन् ।’
राज्यमन्त्री यादवले पछिल्लो समय मुलुकमा डेंगुको समस्या विकराल भएको सुनाए । आफूहरुले यसबाट बच्नको लागि अभियान नै चलाएको पनि उनको भनाई छ । उनले भने,‘यसको लागि हामीले प्रत्येक प्रदेशलाई ८० लाख रुपैयाँ र गाउँपालिकाहरुलाई दश लाख दिएका थियौं ।’
उनले लार्भाहरुबाट डेंगुको संक्रमण हुने गरेको सुनाए । उनले भने,‘यसले टाईडर मस्क्युटो बनाउँछ ।’ डेंगु नियन्त्रणको लागि नेपाली सेना प्रयोग गर्ने कुरा नभएको पनि मन्त्री यादवले स्पष्ट पारे । डेंगुबाट प्रभावितहरुलाई काठमाडौंको टेकु अस्पतालमा ३२ जनालाई निःशुल्क उपचार गरिएको पनि उनले जनाए ।
फरक प्रसँगमा मन्त्री यादवले मुलुकमा संघीयता कार्यान्वयनको चरणमा रहेपनि अहिलेसम्म तीन चरणका सरकारबीच कुनै सहकार्य नदेखिएको गुनासो पोखे । उनले भने,‘अहिले तीन तहबीच जसरी सहकायर्ए हुनुपर्दथ्यो, त्यो भएको देखिएन् ।’
यद्धपी उनले पछिल्लो समय मुलुकमा आईपरेका विभिन्न प्राकृतिक विपदमा भने प्रान्तबाट राम्रो काम भएको सुनाए । उनले भने,‘बाढी, पहिरो र डुबानकै कुरा गर्दापनि विपतिमा स्थानीय तहबाट पनि राम्रो तदारुकता देखाईएको थियो । विगत वर्षमा विपतिको बेलामा केन्द्रबाट निर्णय लिँदा ढिलाई हुन्थ्यो, तर यो वर्ष त्यस्तो भएन् ।’ उनले २ नम्बर प्रदेशमा भ्रष्टाचार भयो भनेर बाहिर टिप्पणी भैरहेको सुनाउँदै अझैपनि प्रदेशले कर्मचारी नपाएको गुनासो पोखे ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ९ : ५१ बजे