९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खोकना संग्रालय खुलेन


१५ भाद्र २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
१५ भदौ ०७६, खोकना
। पर्यटकीय स्थल खोकनाको रुद्रायणी मन्दिरपरिसरमा नीजि क्षेत्रले खोलेको दि खोकना संग्रालय अझै बन्द छ । संग्रालयको घर ०७२ सालको विनासकारी भुकम्पले क्षतविक्षत भएपछि संग्रालय बन्द भएको थियो ।
१ सय ८ बर्षअघि नेपालमै पहिलोपल्ट विजुली बत्ती बालिएको यो ऐतिहासिक घरलाई दिर्घकालिन संरक्षणका निम्ति संग्रालय खोलिएको संग्रालय संचालक खोकना स्थानीय मदनकृष्ण महर्जनका भतिज किशोर महर्जन बताछन् ।
संग्रालयमा नेवारी संस्कृतीमा आधारित जीवनकालमा प्रयोग हुने विधिध सामानहरु राखिएका थियो । हराउदै गएका ति सामान ढिकी जाँतो , पुराना माना पाथीलगायत थिए ।

संग्रालय बन्द हुनुमा अहिले संचालक महर्जन आफै विरामी छन् । उनी विरामी भएकै कारण संग्रालय खुल्न नसकेको हो । नीजि क्षेत्रबाट यस घरलाई मर्मत गरेर संग्रालयसँगै रेष्टुरेष्ट वा होम स्टेजस्ता पर्यटकीय प्रवद्र्धनका काम गर्न चाहने जो कोहीलाई दिन सकिने महर्जन बताउछन् ।
खोकनाको सम्पदाको हिस्साको रुपमा लिएर नगरपालिकाका वडाध्यक्ष रविन्द्र महर्जनले पुर्ननिर्माणमा सहयोग गर्न छलफल गर्न बोलाएका महर्जन बताउछन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ५३ बजे