लपु संवाददाता
१६ भदौं ०७६, खोकना । ऐतिहासिक सास्कृतिक शहर बुङ्गमतीमा कुमारी संस्कृती धान्न गाह्रो भएको स्थानीय वज्राचार्य परिवारले गुनासो गरेका छन् ।
कुमारीका लागि नित्य पुजा चलाउनु पर्छ । वर्षमा २ पल्ट भोज आयोजना गर्नुपर्छ । अन्य ठाँउमा कुमारी संस्कृती धान्न गुठी र सयौं रोपनी खेत बारी घर रहे पनि बुङ्गमतीको कुमारीका लागि कुनै आयस्था छैन । यहाँकी कुमारी संस्कृती धान्नका लागि गुठी संस्थानबाट कुनै खर्च व्यवस्था हुदैन ।
मच्छिन्द्रनाथ जात्राको क्रममा ५० जवानलाई वर्षमा १ पल्ट भोज खुवाउनु पर्छ । मच्छिन्द्रनाथको काम गर्र्नेे वेलामा ३ पल्ट भोज खुवाउनु पर्छ । जात्रा पर्वमा निकाल्दा कुमारीको कपडा श्रृगार लगायतका पूजा सामग्री किन्न खर्च हुन्छ । जसको परिवारको सदस्य कुमारी बन्छ । उही परिवारले खर्च व्यस्थापन गर्नु पर्ने बाध्यता छ ।
हाल कुमारी रहेकी कृपा बज्राचार्यकी हजुरबुबा रत्नमुनि बज्राचार्य उनले कुमारी पूजाका लागि वडा कार्यालयबाट १५ हजार माग गरे पनि लामो समय धाएर पाएको बताए । उनले भने,‘सरकारबाट कुनै सहयोग छैन । संघ संस्थाबाट पनि कसैले सहयोग गर्दैन ।’
बुङ्गमतीकी कुमारी बस्ने कुमारी घर छैन । त्यसैले यहाँकी कुमारी घरमै बस्छिन् । स्कूल जान्छन् । हरेक दिन श्रृगारका साथ बस्न सम्भव नहुने हुँदा कुमारीको रातो कपडाचाहि लगाउनु पर्छ । अनि कपाल जुरो बाँध्नु पर्छ ।
नयाँ कुमारी चुन्नेका लागि कुमारीको दाँत झर्नु पर्छ । केही समयअघि हरेक दुई वर्षमा नयाँ कुमारी चुनिन्थ्यो । १० घर परिवार रहेको बुङ्गमतीको बज्राचार्य परिवारमा चेलीको कमी हुन थालेपछि प्रकृया परिवर्तन गरिएको हो । बुङ्गमतीकी बज्रचार्य वालिकाहरु मत्रै कुमारी हुने प्रचलन छ ।
कुमारीकी आमा शान्ता बज्राचार्यले यहाँकी कुमारी मच्छिन्द्रनाथकी पनि देवि रहेको उनले बताइन् । उनले भनिन्,‘मच्छिन्द्रनाथले पनि यहाँकी कुमारीलाई पुज्छन् भन्ने जनविश्वास छ ।’
जात्रा पर्वमा कुमारीका लागि भेटी चढाउने हुँदा सामान्य खर्च पुग्ने उनले बताए ।
प्रतिक्रिया